भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

पछिल्ला दुई चुनावमा बहुमतको सरकार बनाएका मोदीलाई यसपटक सरकार बनाउन अप्ठेरो

पछिल्ला दुई चुनावमा बहुमतको सरकार बनाएका मोदीलाई यसपटक सरकार बनाउन अप्ठेरो

काठमाडौं । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) बहुमत ल्याउन असफल भएको छ । भारतीय लोकसभा निर्वाचन–२०२४ मा भाजपा बहुमत ल्याउन असफल भएको हो । अन्तिम मतपरिणाम सार्वजनिक हुँदा भाजपा एक्लैको २ सय ४० सिट रहेको छ ।

पाँच सय ४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ । पाँच सय ४३ सिटको लागि भएको लोकसभा चुनावमा एनडीएले २ सय ९२ सिट जितेको छ । परिणाम घोषणा भएकामध्ये अन्य १७ सिटमा केही साना दल र स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका भारतीय निर्वाचन आयोगलदे जनाएको छ ।

२०१९ मा सम्पन्न निर्वाचनमा ३०३ सिट जितेको भाजपाले हाल केवल २४० सिटमा मात्र विजयी भयो । पार्टीले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो । बहुमत गुमाए पनि भाजपा पहिलो दल बन्न भने सफल भएको छ । एनडीएको विपक्षी गठबन्धन भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया गठबन्धन) ले २ सय ३४ सिटमा जीत हासिल गरेको छ ।

योसंगै प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभामा तेस्रो पटक निर्वाचित भएका छन् । उनले भाजपा नेतृत्वको एनडीएले सरकार बनाउने बताएका छन् । गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात चरणमा गरी गएको शनिवार सकिएको थियो । यता प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारेको छ ।

उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको हो । २०१९ मा भएको निर्वाचनमा यो पार्टीले केवल ५२ सिटमा विजयी भएको थियो । कांग्रेसकै नेतृत्वमा गठित विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया)ले दुई सय २४ सिटमा जित हासिल गरेको छ।

यो गठबन्धनको बलमा सत्ता गठबन्धनका केही दललाई आफूतिर तानेर सरकार गठन गर्ने गृहकार्यमा कांग्रेस पार्टी लागेको छ । यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत) ले १२ सिट जितेको छ ।

पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यसपटक भने सरकार बनाउन गठबन्धनमा आवद्ध दलहरुको भर गर्नुपर्ने भएको छ । छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.