भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

तस्कर सरकारी गाडीमा सवार, नियन्त्रणमा लिन ४ राउण्ड गोली फायर

तस्कर सरकारी गाडीमा सवार, नियन्त्रणमा लिन ४ राउण्ड गोली फायर

काठमाडौं । सुनसरी प्रहरीले ६९० किलो गाँजा बरामद गरेको छ । सरकारी नम्बर प्लेट भएका दुई वटा गाडीबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले लागुऔषध गाँजासहित बरामद सरकारी नम्बर प्लेटका गाडीको सन्दर्भमा अनुसन्धान अघि बढाइएको जनाएको छ ।

गाँजासहित मोरङको सुन्दर हरैंचा ११ का ३६ वर्षिय श्यामकुमार विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका अर्का चालकको खोजी भइरहेको जनाएको छ ।इलाका प्रहरी कार्यालय धरानको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको गाडीबाट गाँजा बरामद गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गाँजा बोक्न प्रयोग भएका दुवै गाडीको नम्बर प्लेट भने सरकारी निकायका गाडीको नम्बरसँग मेल खाएको जनाएको छ । धरान १३ अमरहाट भन्ने स्थानमा प्रहरीको चेकिङ छलेर भाग्ने क्रममा गाडी र चालक नियन्त्रणमा लिन ४ राउण्ड गोली समेत फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ ।

बा १ झ ५१२७ नम्बरको नम्बर प्लेट कानून तथा न्याय मन्त्रालयको गाडीसँग मेल खाएको छ । त्यसैगरी बा १ झ ४६०५ नम्बर भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडी नम्बर सँग मिलेको प्रहरीले जनाएको छ ।

गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरी चेकिङलाई नै ठक्कर दिनेगरी तस्करले गाडी भगाएपछि चार राउण्ड गोली फायर गरिएको प्रहरीले जनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.