भर्खरै : Sorry, your browser does not support inline SVG.
नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो |

हालसम्मकै सबैभन्दा महँगो गाईको मूल्यमा खरिद गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता

हालसम्मकै सबैभन्दा महँगो गाईको मूल्यमा खरिद गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता

एजेन्सी । हालसम्मकै सबैभन्दा महँगो गाईको मूल्यमा खरिद गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराएका छन्। ब्राजिलको मिनास गेरेसमा एक ग्राहकले भियाटिना–१९ नाम राखिएको गाईलाई सबै भन्दा बढी मूल्यमा खरीद गरी उक्त रेर्कड राखेका हुन ।

नेल्लोर नस्लको गाई भारतको आन्द्रप्रदेश र तेलङ्गनामा पाइन्छ। यो नस्लका गाई असाधारण जिन र शारीरिक रूपमा सुन्दर देखिन्छन्। नेल्लोर नस्लको गाईमा गर्मी सहन सक्ने क्षमता हुन्छ। अरू गाईले गर्मीयाममा कम दूध दिने गरे पनि यो गाईको दूध भने नघट्ने दाबी गरिन्छ।

यसअघि यो गाईले मिस साउथ अमेरिकाको टाइटल पनि जितेको थियो। उक्त गाईको ४८ लाख डलर बिक्री भएको हो।​ यसलाई नेपाली रुपैँयामा परिवर्तन गर्दा हाल ६६ करोड रुपैयाँ हुन आउँछ।

नेल्लोर नस्लको उक्त गाईको तौल एक हजार १०१ किलो छ। यो तौल नेल्लोर नस्लका अन्य गाईको तुलनामा करिब दोब्बर छ ।​

 


Thali Mobile Pvt.Ltd.