भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हालसम्मकै सबैभन्दा महँगो गाईको मूल्यमा खरिद गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता

हालसम्मकै सबैभन्दा महँगो गाईको मूल्यमा खरिद गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता

एजेन्सी । हालसम्मकै सबैभन्दा महँगो गाईको मूल्यमा खरिद गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराएका छन्। ब्राजिलको मिनास गेरेसमा एक ग्राहकले भियाटिना–१९ नाम राखिएको गाईलाई सबै भन्दा बढी मूल्यमा खरीद गरी उक्त रेर्कड राखेका हुन ।

नेल्लोर नस्लको गाई भारतको आन्द्रप्रदेश र तेलङ्गनामा पाइन्छ। यो नस्लका गाई असाधारण जिन र शारीरिक रूपमा सुन्दर देखिन्छन्। नेल्लोर नस्लको गाईमा गर्मी सहन सक्ने क्षमता हुन्छ। अरू गाईले गर्मीयाममा कम दूध दिने गरे पनि यो गाईको दूध भने नघट्ने दाबी गरिन्छ।

यसअघि यो गाईले मिस साउथ अमेरिकाको टाइटल पनि जितेको थियो। उक्त गाईको ४८ लाख डलर बिक्री भएको हो।​ यसलाई नेपाली रुपैँयामा परिवर्तन गर्दा हाल ६६ करोड रुपैयाँ हुन आउँछ।

नेल्लोर नस्लको उक्त गाईको तौल एक हजार १०१ किलो छ। यो तौल नेल्लोर नस्लका अन्य गाईको तुलनामा करिब दोब्बर छ ।​

 


Thali Mobile Pvt.Ltd.