भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नेक्राविसंघद्वारा प्रतिकूल परिस्थितिको जिम्मेवार निर्वाचन समिति हुँने चेतावनी, निर्वाचन समितिका पदाधिकारीहरुको राजीनामा माग

नेक्राविसंघद्वारा प्रतिकूल परिस्थितिको जिम्मेवार निर्वाचन समिति हुँने चेतावनी, निर्वाचन समितिका पदाधिकारीहरुको राजीनामा माग

भक्तपुर । एकै विद्यार्थीको नाममा एक भन्दा बढी मतदान गरेको पाइएपछि भक्तपुर बहुमखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले निर्वाचन अघिकृतको ध्यानाकर्षण गराएको छ ।

भक्तपुर बहुमखी क्याम्पसमा यही चैत ५ गते सम्पन्न निर्वाचनमा गैर जिम्मेवार व्यक्तिलाई निर्वाचन जस्तो संवेदनशील विषयमा जिम्मेवारी दिइएको भन्दै नेपाल कान्तिकारी विद्यार्थी संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ “एकै विद्यार्थीको नाममा एक भन्दा बढी मतदान गरको आशंकाको विचमा “घ” बुथको मतगणना गर्ने क्रममा मुचुल्का उठाईएको भन्दा बढी मत पत्र भेटिएको सार्वजनिक भएको छ। सो विषयमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले प्रश्न उठाउँदा निर्वाचन समितिले चितबुझ्दो जवाफ नदिएको र नेकाविसंघका प्रतिनिधिहरुको विरोधपछि मत गणना स्थगित भएको विज्ञप्तिमा भनिएको छ ।

समस्या समाधानका लागि बुधबार विहान १० बजे बोलाइएको सर्वदलीय बैठकमा प्रमुख निर्वाचन अधिकृतले नेक्राविसंघले उठाएका प्रश्नहरुको उत्तर दिनुभन्दा अन्य विषयमा अल्काउने काम गरेको र निर्वाचन समितिको गतिविधि हेर्दा निर्वाचन धाँधलीपूर्ण भएको प्रष्ट देखिन्छ। यस विषयमा एउटा जिम्मेवार विद्यार्थी संगठनको नाताले नेक्राविसंघले उठाएका विषयहरुको उचित सम्वोधन गरी समस्या समाधान गर्न नेक्राविसंघ जोडदार माग गर्दछ । विज्ञप्तिमा भनिएको छ ।

अन्यधा प्रमुख निर्वाचन अधिकृत लगायत निर्वाचन समितिका पदाधिकारीहरुले तत्काल राजीनामा दिई निर्वाचन प्रणालीलाई निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न नेक्राविसंघ माग गर्दछ । यसवाट सिर्जना हुने प्रतिकूल परिस्थितिको सम्पूर्ण जिम्मेवार र जवाफदेही निर्वाचन समिति हनेछ । उक्त विज्ञप्तिमा नेक्राविसंले उल्लेख गरेको छ ।

भक्तपुर बहुमखी क्याम्पस

 


Thali Mobile Pvt.Ltd.