भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेक्राविसंघद्वारा प्रतिकूल परिस्थितिको जिम्मेवार निर्वाचन समिति हुँने चेतावनी, निर्वाचन समितिका पदाधिकारीहरुको राजीनामा माग

नेक्राविसंघद्वारा प्रतिकूल परिस्थितिको जिम्मेवार निर्वाचन समिति हुँने चेतावनी, निर्वाचन समितिका पदाधिकारीहरुको राजीनामा माग

भक्तपुर । एकै विद्यार्थीको नाममा एक भन्दा बढी मतदान गरेको पाइएपछि भक्तपुर बहुमखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले निर्वाचन अघिकृतको ध्यानाकर्षण गराएको छ ।

भक्तपुर बहुमखी क्याम्पसमा यही चैत ५ गते सम्पन्न निर्वाचनमा गैर जिम्मेवार व्यक्तिलाई निर्वाचन जस्तो संवेदनशील विषयमा जिम्मेवारी दिइएको भन्दै नेपाल कान्तिकारी विद्यार्थी संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ “एकै विद्यार्थीको नाममा एक भन्दा बढी मतदान गरको आशंकाको विचमा “घ” बुथको मतगणना गर्ने क्रममा मुचुल्का उठाईएको भन्दा बढी मत पत्र भेटिएको सार्वजनिक भएको छ। सो विषयमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले प्रश्न उठाउँदा निर्वाचन समितिले चितबुझ्दो जवाफ नदिएको र नेकाविसंघका प्रतिनिधिहरुको विरोधपछि मत गणना स्थगित भएको विज्ञप्तिमा भनिएको छ ।

समस्या समाधानका लागि बुधबार विहान १० बजे बोलाइएको सर्वदलीय बैठकमा प्रमुख निर्वाचन अधिकृतले नेक्राविसंघले उठाएका प्रश्नहरुको उत्तर दिनुभन्दा अन्य विषयमा अल्काउने काम गरेको र निर्वाचन समितिको गतिविधि हेर्दा निर्वाचन धाँधलीपूर्ण भएको प्रष्ट देखिन्छ। यस विषयमा एउटा जिम्मेवार विद्यार्थी संगठनको नाताले नेक्राविसंघले उठाएका विषयहरुको उचित सम्वोधन गरी समस्या समाधान गर्न नेक्राविसंघ जोडदार माग गर्दछ । विज्ञप्तिमा भनिएको छ ।

अन्यधा प्रमुख निर्वाचन अधिकृत लगायत निर्वाचन समितिका पदाधिकारीहरुले तत्काल राजीनामा दिई निर्वाचन प्रणालीलाई निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न नेक्राविसंघ माग गर्दछ । यसवाट सिर्जना हुने प्रतिकूल परिस्थितिको सम्पूर्ण जिम्मेवार र जवाफदेही निर्वाचन समिति हनेछ । उक्त विज्ञप्तिमा नेक्राविसंले उल्लेख गरेको छ ।

भक्तपुर बहुमखी क्याम्पस

 


Thali Mobile Pvt.Ltd.