भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

थारु समुदायकाे गुरही पर्वः काठमाडाैंलगायत देशैभर कार्यक्रम

थारु समुदायकाे गुरही पर्वः काठमाडाैंलगायत देशैभर कार्यक्रम

काठमाडौं । थारु समुदायको पहिलो चाड गुरही पर्व आज देशभर बिशेष कार्यक्रम गरी मनाउँदै छन् । थारु जातिहरुको पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले यस पर्वलाई बिशेष पर्वका रुपमा मनाउने गर्दछन् । नागपञ्चमीकै दिन यो पर्व मनाइने भएकाले शुक्रवार गुरहीलाई थारु समुदायले धुमधामका साथ मनाउँदैछन् ।

के हो गुरही पर्व ?
‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने भन्ने अर्थमा विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घर प्रवेशबाट रोकून् भन्ने मान्यता रहेको थारु अगुवाको भनाइ छ ।

गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरु हुने मानिन्छ । तर थारु समाजमा खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्सदिलो भएका बेला आउने पर्व मानिन्छ । थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नागदेवताको पूजा–आजा गरिन्छ । यस दिन थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा ठाउँ अनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाउने गरिन्छ । यही अवसमा काठमाडौमा पनि थारु समुदायले विभिन्न कार्यक्रम गरी मनाउदै छ ।

थारु समुदायको जेठो पर्वको रुपमा गुरही पर्व रहेकोले तामझामका साथ मनाउन थालिएको समाजसेवी अमृता चौधरीले बताइन् । उनका अनुसार पर्वमा धिक्री, सुँगुर, माछादेखि अन्य सात थरी तरकारीहरु चढाउने चलन पनि छ । विशेष गरेर थारु किसान भएको हुनाले धान मकै बालीनालीको रक्षा होस् भनेर तथा मानवीय प्राणीको संरक्षण गरुन् भनेर थारुको भगवान इष्ट देवता लाई चढाउने चलन छ ।

यो परापूर्वक कालदेखि चल्दै आएको रीति हो । यसलाई नयाँ पुस्ताले नबिर्सिउन् भनेर राजधानीमा पनि गुरै अर्थात् गुरही कार्यक्रम गरी मनाइदै छ ।यो पर्वलाइ कसैले गुरही कसैले गुरिया भन्ने गर्छन । गुरही किराको नाम हो, जसलाइ नेपालीमा गाइने किरा भनिन्छ । गाइने किरालाइ अशुभ, दुश्मनको रुपमा मान्ने भएकोले बिषालु जिव जन्तुबाट बच्न यो पर्व मनाइने पुर्खौको धारणा छ ।

आजको दिन तेलमा तारेको खुरमा, बरया, रोटी, घुघरी (तेलमा तारेको गेडागुडी) खाने चलन रहेको छ । खानेकुराको परिकार प्रसादको रुपमा बाड्दै गुरही पर्व मनाइन्छ । धनगढी, बाके, बर्दिया, नेपालगन्ज, दाङ, देउखुरी,लगायतका थारु समुदायका व्यक्तिले गुरियाको पुजा गरेर कमहिला समुहले गुरिया फाल्ने पुरुष समुहले लठ्ठी अथवा स्वठाले गुरियालाइ पिटेर गुरही पर्व मनाउने गरेको थारू कल्याणकारिणी सभाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.