भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

किचलो मिलाउन नसक्दा लुम्बिनीका सबै मन्त्री लिएर मुख्यमन्त्री नेताको दैलोमा

किचलो मिलाउन नसक्दा लुम्बिनीका सबै मन्त्री लिएर मुख्यमन्त्री नेताको दैलोमा

दाङ । मन्त्री छान्ने विषयमा किचलो बढ्दा लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । १२ मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्रीसहित ९ जना मात्रै मन्त्री छन् । मुख्यमन्त्री बनेका चेतनारायण आचार्यसहित ९ मन्त्रीले शपथ लिएका थिए । सोही दिन कांग्रेसबाट मन्त्री बनेर सरकारमा नेतृत्व गर्न लागेका प्रमुख सचेतक जन्मजय तिमिलसिनालाई शपथपूर्व रोकिएपछि काँग्रेसमा किचलो बढेको हो ।

संस्थापन समूहमा रहेका तिमिलसिनालाई इतर समूहका प्रदेश अध्यक्ष अमरसिंह पुनसहितको नेतृत्वबाट तीव्र दवाव आएपछि रोकिएको थियो । त्यसपछि साउन १८ गते मन्त्रीले कार्यविभाजन पाउने र कांग्रेसबाट पुनः जन्मजयलाई सरकारमा पठाउने तयारी गरिए पनि उनलाई रोकिएको छ । पटक पटक आफ्नो नाम चर्चामा ल्याएर विवाद बढाउने र बन्न नदिनेहरू सक्रिय भएको प्रमुख सचेतक तिमिल्सिनाको गुनासो छ ।

उनले प्रमुख सचेतक पदबाट राजीनामा दिए । एमाले कांग्रेस गठबन्धन गर्दा नै मुख्यमन्त्रीसहित ५ मन्त्रालय एमाले र ५ मन्त्रालय कांग्रेसले पाउने र सरकारलाई पूर्णता दिने समझदारी भएको थियो । साना दलबीच पनि आकांक्षा बढेको छ । अहिलेको गठबन्धनमा रहेर सरकारमा जान जनमत, लोसपा, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति सबै तयारी छन् तर मन्त्रालय जम्मा दुई वटा मात्रै छन् ।

कुरो नमिल्दा सबै मन्त्रीहरू बोकेर कांग्रेस दलका नेता डिल्ली चौधरी काठमाडौं आएका छन् । सरकारले पूर्णता नपाएसँगै तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्य आफैँले राखेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अहिले मुख्यमन्त्रीसँग छ ।

 


Thali Mobile Pvt.Ltd.