भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानमा मारिए हमासका शीर्ष नेता हानिया

इरानमा मारिए हमासका शीर्ष नेता हानिया

काठमाडौं । हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएको जनाएको छ । बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनलाई मारेको जनाएको छ । यसबारेमा इजरायलका तर्फबाट कुनै प्रतिक्रिया आइसकेको छैन ।

हमासका अनुसार हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा भाग लिन तेहरान गएका थिए । उनी कतारमा बस्दै आएका थिए । इरानको इस्लामिक रिभोलस्नरी गार्डका अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन् । हानिया मारिएको पुष्टि इरानका सञ्चार माध्यमले पनि गरेका छन् । इस्माइल हानिया हमासका पोलिटब्युरोका प्रमुख थिए ।

उनी प्यालेस्टाइन प्राधिकरणका दशौं सरकारका प्रधानमन्त्री पनि हुन् । उनको उपनाम अबू अल अब्द हो । उनको जन्म प्यालेस्टाइन शरणार्थी शिविरमा भएको थियो । उनलाई इजरायलले १९८९मा तीन वर्ष कैद गरेको थियो । अमेरिकी विदेश विभागले सन् २०१८मा उनलाई आतंकवादी घोषणा गरेको थियो । बीबीसी

 


Thali Mobile Pvt.Ltd.