भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

इजरायलको नयाँ प्रस्ताव हमासद्धारा अस्वीकार

इजरायलको नयाँ प्रस्ताव हमासद्धारा अस्वीकार

काठमाडौं । प्यालेस्टाइनको लडाकु समूह हमासले कतारको दोहामा भएको वार्तामा इजरायलको प्रस्तावलाई अस्वीकार गरेको छ । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो । इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव पनि राखेको थियो । तर सहमति जुट्न नसकेको समाचार संस्था एएफपीले जनाएको छ ।

वार्ताअघि हमासको राजनीतिक ब्यूरोका सदस्य सुहेल हिन्दीले इजरायलले निर्दोष नागरिक मारिरहेको आरोपसहित अहिलेको अवस्थामा वार्तामा बस्न नसकिने समेत बताएका थिए । गएको अक्टोबर ७ तारिखमा शुरु भएको आक्रमणमा हमास लडाकूले दुई सय ५१ जनालाई कब्जा गरेका थिए । यसमध्ये एक सय ११ जना अझै गाजामा बन्दी बनाइएका छन् भने ३९ जना मारिएका दाबी गरिएको छ ।

यसअघि राष्ट्रसङ्घले गाजापट्टीमा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन अस्थायी युद्धविरामको आह्वान गरेको थियो । डब्लुएचओ र युनिसेफले गाजापट्टीमा पोलियो भाइरसविरुद्ध दुई चरणको खोप अभियानको योजना बनाएका छन् । त्यसका लागि अस्थायी युद्धविराम आवश्यक रहेको राष्ट्रसङ्घले जनाएको छ ।

गएको जुन २३ तारिखमा गाजामा सङ्कलन गरिएका नमुनामा पोलियो भाइरस पत्ता लागेको थियो । गाजापट्टी विगत २५ वर्षदेखि पोलियो मुक्त रहेको थियो । पोलियो भाइरस सङ्क्रामक रोग हो । यसले मुख्यगरी ५ वर्षमूनीका बालबालिकालाई असर गर्ने र पक्षाघात निम्त्याउने हुन्छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.