भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायलको नयाँ प्रस्ताव हमासद्धारा अस्वीकार

इजरायलको नयाँ प्रस्ताव हमासद्धारा अस्वीकार

काठमाडौं । प्यालेस्टाइनको लडाकु समूह हमासले कतारको दोहामा भएको वार्तामा इजरायलको प्रस्तावलाई अस्वीकार गरेको छ । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो । इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव पनि राखेको थियो । तर सहमति जुट्न नसकेको समाचार संस्था एएफपीले जनाएको छ ।

वार्ताअघि हमासको राजनीतिक ब्यूरोका सदस्य सुहेल हिन्दीले इजरायलले निर्दोष नागरिक मारिरहेको आरोपसहित अहिलेको अवस्थामा वार्तामा बस्न नसकिने समेत बताएका थिए । गएको अक्टोबर ७ तारिखमा शुरु भएको आक्रमणमा हमास लडाकूले दुई सय ५१ जनालाई कब्जा गरेका थिए । यसमध्ये एक सय ११ जना अझै गाजामा बन्दी बनाइएका छन् भने ३९ जना मारिएका दाबी गरिएको छ ।

यसअघि राष्ट्रसङ्घले गाजापट्टीमा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन अस्थायी युद्धविरामको आह्वान गरेको थियो । डब्लुएचओ र युनिसेफले गाजापट्टीमा पोलियो भाइरसविरुद्ध दुई चरणको खोप अभियानको योजना बनाएका छन् । त्यसका लागि अस्थायी युद्धविराम आवश्यक रहेको राष्ट्रसङ्घले जनाएको छ ।

गएको जुन २३ तारिखमा गाजामा सङ्कलन गरिएका नमुनामा पोलियो भाइरस पत्ता लागेको थियो । गाजापट्टी विगत २५ वर्षदेखि पोलियो मुक्त रहेको थियो । पोलियो भाइरस सङ्क्रामक रोग हो । यसले मुख्यगरी ५ वर्षमूनीका बालबालिकालाई असर गर्ने र पक्षाघात निम्त्याउने हुन्छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.