भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

हमासको नयाँ सन्देश सार्वजनिक, गाजापट्टीबाट इजरायली सेना फिर्ता पहिलो सर्त

हमासको नयाँ सन्देश सार्वजनिक, गाजापट्टीबाट इजरायली सेना फिर्ता पहिलो सर्त

एजेन्सी । हमासले गाजापट्टीबाट सम्पुर्ण इजरायली सेना फिर्ता नभएसम्म युद्धविराम हुन नसक्ने बताएको छ । गत अक्टोबर ७ देखि इजरायलसँग युद्धको सामना गरिरहेको हमासले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले गाजामा स्थायी युद्धविरामका लागि हमाससँग गरेको आग्रहमा इजरायली सेना गाजाबाट फिर्ता नभएसम्म युद्ध जारी रहने बताएको हो ।

यसअघि अमेरिकाको भ्रमणमा रहेका थानीले वाशिङटनमा आयोजना गरिएको एटलान्टिक काउन्सिललाई सम्बोधन गर्दै इजरायल र हमासबीच स्थायी युद्धविराम हुने र हमासको कब्जामा रहेका सबै बन्धक मुक्त हुने दाबी गरेका थिए । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले गाजामा स्थायी युद्धविरामका लागि हमाससँग गरेको आग्रहका बीच हमासले इजरायली सेना फिर्ता नभएसम्म युद्धविराम नगर्ने र साथै आफनो कब्जामा रहेका बन्धक रिहा नगर्ने शर्त अघि सारेको छ ।

हमासको पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइनले संयुक्त रुपमा वक्तव्य जारी गर्दै उक्त शर्त अघि सारेको हो । यसअघि फ्रान्समा अमेरिका, इजिप्ट र कतारले मिलेर इजरायली प्रतिनिधिहरुसँग वार्ता गरेको थियो । इजरायलले गरेको आक्रमणमा विगत २४ घण्टामा २१५ जना प्यालेष्टेनीको मृत्यु भएको छ ।

इजरायलले गरेको स्थलगत र हवाई हमलामा २१५ जनाको ज्यान गएको हो । हमासको कब्जामा रहेका सय भन्दा बढी बन्धकहरुको रिहाइका लागि दुबै समुहसँग जारी वार्ता सकारात्मक रहेको भन्दै प्रधानमन्त्री थानीले रिहाइका लागि केही योजना तयार पारेको स्पष्ट पारेका थिए । सोही योजनाबारे हमासलाई जानकारी गराउँदा हमासको यो भनाइ सार्वजनिक भएको हो ।

 


Thali Mobile Pvt.Ltd.