भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सरकारलाई बुझाउनुपर्ने ८५ अर्ब रुपैयाँको कर छलि गरेको समितिको ठहर

सरकारलाई बुझाउनुपर्ने ८५ अर्ब रुपैयाँको कर छलि गरेको समितिको ठहर

काठमाण्डौ । एनसेलको शेयर खरिद–बिक्री सम्झौतालाई स्वाभाविक मान्न नसकिने निष्कर्ष समितिले निकालेको छ । एनसेलको शेयर खरिद–बिक्री, अध्ययन तथा छानबिन समितिले उक्त निष्कर्ष निकालेको हो ।

समितिका संयोजक टङ्कमणि शर्माले एनसेल शेयर खरिद बिक्रीमा अध्ययन गर्न बनेको समितिले थप छानबिन गर्नेगरी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको बताउनुभएको छ । समितिले आजियाटा र स्पेक्ट्रलाइट यूकेबीच भएको खरिद–बिक्रीलाई यथास्थितिमा कार्यान्वयन गर्न नहुने सुझाव सरकारलाई दिएको छ ।

डेढ महिनाको अध्ययनपछि पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गाल संयोजकत्वको पाँच सदस्यीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार प्रतिवेदन बुझाएको हो । एनसेलले नेपाल सरकारलाई बुझाउनुपर्ने ८५ अर्ब रुपैयाँ बराबरको कर छलि गरेको अध्ययनले देखाएको प्रतिवेदनमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.