भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

दैलेखका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण

दैलेखका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण

दैलेख । जिल्लाका चारवटा स्वास्थ्य संस्थामा अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । दुल्लू नगरपालिकाको बडलम्जी स्वास्थ्य चौकी, नौमूले गाउँपालिकाको बालुवाटावर स्वास्थ्य चौकी, आठबीस नगरपालिकाको सिगौँडी स्वास्थ्य चौकी र ठाँटीकाध गाउँपालिकाको तोलिजैसी स्वास्थ चौकीमा आवश्यकताको आधारमा ७ लाख ५० हजार १ सय ३३ रुपयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरीएको हो ।

वान हार्ट वल्र्ड वाईड र एभरेष्ट क्लब दैलेखको सहकार्यमा “स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सृदृढ़ीकरण” परियोजना अन्तर्गत उक्त सामाग्री वितरण गरिएको परियोजना संयोजक टेक बहादुर थापाले बताए ।

वितरण गरीएका स्वास्थ्य सामाग्रीहरु:
-Radiant Warmer
-Hospital Bed
-Emergency Cart Trolley
-Instrument Trolley
-Autoclave
-Perilight
-Delivery set
-Shock Management Set
-Pre-eclampsia Management Set लगाएतका महत्वपूर्ण सामाग्रीहरु हस्तान्त्रण गरिएका हुन ।

ग्रामिण क्षेत्रमा वितरित उक्त गुणस्तरीय सामाग्रीले प्रसुती सेवा प्रवाहमा महत्वपूर्ण योगदान पु¥याउने र उक्त सामाग्रीको उचीत प्रयोग हुने अपेक्षा गरिएको एभरेष्ट क्लब दैलेखका बोर्ड सदस्य मिना थापाले बताइन् । यस्तै स्वास्थ्य चौकीको सेवा प्रवाहमा सहजता थपिने वान हार्ट वल्र्ड वाइड दैलेखका संयोजक सन्तराम चौधरीले बताए ।

स्वास्थ्य सामाग्री वितरणमा जनप्रतिनिधि, स्थानीय, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीको सक्रिय सहभागीता रहेको थियो । स्वास्थ्य सामाग्रीले प्रसुती सेवा प्रवाह सहजतासंगै गुणस्तर सुधारमा प्रभावकारी हुने ठाँटीकाध गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रबीन्द्र भण्डारीले बताए ।

सन् २०२४ मा पनि नेपाल सरकारको न्युनतम् सेवा मापदण्ड कार्यक्रम सञ्चालन तथा नियमित कार्यान्वयनका लागि सहयोग र आवश्यकता तथा प्राथमिकताका आधारमा दैलेखका ११ वटै पालिकामा कार्यक्रम सञ्चालन हुनेबारे परियोजना संयोजक टेक बहादुर थापाले जानकारी दिएकाे कैलाश खबर दैलेख सम्वाददाताले बताए ।