भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सानोठिमी क्यापसमा विद्यार्थीहरुको आन्दोलन, अवैध रुपमा छात्राबास बस्नेलाई निकाल्न माग

सानोठिमी क्यापसमा विद्यार्थीहरुको आन्दोलन, अवैध रुपमा छात्राबास बस्नेलाई निकाल्न माग

भक्तपुर। क्याम्पस प्रमुखले आफ्ना माग सुनुवाइ नगरेको भन्दै विद्यार्थीहरुले प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन् । भक्तपुरको सानोठिमीस्थित सानोठिमी क्यापस प्रमुखको कुर्सी रुखमा झुण्डाइएको हो ।

अवैध रुपमा बसेकालाई निकाली ३० दिनभित्र कोटा अनुसार राख्न पाँच संगठन र क्याम्पस प्रमुखको सहमति भएको थियो । विभिन्न राजनीतिक दलसंग आवद्व विद्यार्थी संगठनले अवैध रुपमा छात्रावास बनाएको भन्दै अवैध रुपमा छात्रावासमा बस्नेलाइ निकाल्न माग गरेका छन् ।

नेबिसंघ, अनेरास्ववियु,अखिल क्रान्तिकारी संयुक्त, अनेरास्ववियूलगायतका विद्यार्थी संगठनले क्याम्पस प्रमुख बाहिर गएको बेला माग पूरा नभएको भन्दै कुर्सी रुखमा झुण्ड्याएका थिए ।

मंगलबार झुण्डाइएको कुर्सी विद्यार्थीहरुसंगको सहमतीपछि यथास्थानमा राखिएको भक्तपुर प्रहरीले जनाएको छ । विद्यार्थी संठठनहरुले दश दिन भित्र आफ्ना माग पुरा नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.