भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको छवि कमजोर बनाएको हर्क साम्पाङको आरोप

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको छवि कमजोर बनाएको हर्क साम्पाङको आरोप

काठमाडौँ, १८ जेठ। श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको सार्वजनिक रूपमा भर्त्सना गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइलाई राष्ट्रहितविपरीत र गैरजिम्मेवार अभिव्यक्तिका रूपमा टिप्पणी गरिएको छ।

विज्ञप्तिमा पूर्वनिर्धारित कार्यसूचीबिना जेठ १७ गते संसद् बैठक बोलाइएको र त्यसको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रूपमा हेरिएको उल्लेख गरिएको छ। रास्वपाका सभापति भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री संसद्मा उपस्थित भएर दिएको अभिव्यक्तिले विभिन्न आशंका जन्माएको पार्टीको दाबी छ।

श्रम संस्कृति पार्टीका अनुसार संसद्मा प्रधानमन्त्रीले नेपाल र भारतबीचको सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिले नेपालको राष्ट्रिय हितमा नकारात्मक प्रभाव पार्न सक्ने अवस्था सिर्जना गरेको छ। विज्ञप्तिमा उक्त भनाइले नेपाली जनताले उठाउँदै आएको सीमा सम्बन्धी मुद्दालाई कमजोर बनाउने प्रयास भएको आरोप लगाइएको छ।

पार्टीले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको आधिकारिक धारणा र अडानबारे अन्योल सिर्जना गर्न सक्ने जनाएको छ। यसले नेपालको छवि तथा कूटनीतिक स्थितिमा असर पार्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

विज्ञप्तिमा सरकारको सुरक्षा तथा सीमा नीतिप्रति पनि प्रश्न उठाइएको छ। सरकारले नेपाली सेनाको भूमिकालाई प्रभावकारी रूपमा उपयोग गर्न नसकेको तथा राष्ट्रिय सुरक्षाका विषयमा पर्याप्त प्रतिबद्धता नदेखाएको आरोप लगाइएको छ।

श्रम संस्कृति पार्टीले देशको भौगोलिक अखण्डता, सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानप्रति सरकार गम्भीर हुनुपर्ने माग गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफ्नो पार्टी तथा आम नागरिकको तर्फबाट कडा विरोध रहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.