भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

काठमाडौँ, १८ जेठ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

छात्रवृत्ति परीक्षा समितिका अनुसार हिजो सम्पन्न परीक्षामा सहभागी भएका २२ हजार परीक्षार्थीमध्ये न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीहरूको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो।

यो छात्रवृत्ति काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि हो।

नतिजा सम्बन्धित पोर्टलमा अनलाइन फाराम भरेर रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ।

छात्रवृत्ति परीक्षा समितिका संयोजक तथा शिक्षा अधिकारी नमराज ढकालका अनुसार प्रारम्भिक नतिजाप्रति चित्त नबुझ्ने विद्यार्थीहरूका लागि पुनर्योग (Rechecking) को व्यवस्था गरिएको छ। पुनर्योगका लागि पर्सिसम्म आवेदन दिन सकिने पनि उहाँले जानकारी दिनुभयो।

 


Thali Mobile Pvt.Ltd.