भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण

काठमाडौँ, १८ जेठ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

छात्रवृत्ति परीक्षा समितिका अनुसार हिजो सम्पन्न परीक्षामा सहभागी भएका २२ हजार परीक्षार्थीमध्ये न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीहरूको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो।

यो छात्रवृत्ति काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि हो।

नतिजा सम्बन्धित पोर्टलमा अनलाइन फाराम भरेर रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ।

छात्रवृत्ति परीक्षा समितिका संयोजक तथा शिक्षा अधिकारी नमराज ढकालका अनुसार प्रारम्भिक नतिजाप्रति चित्त नबुझ्ने विद्यार्थीहरूका लागि पुनर्योग (Rechecking) को व्यवस्था गरिएको छ। पुनर्योगका लागि पर्सिसम्म आवेदन दिन सकिने पनि उहाँले जानकारी दिनुभयो।

 


Thali Mobile Pvt.Ltd.