भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

हसिनाविरुद्ध पिलखाना हत्याकाण्डको अनुसन्धान सुरु

हसिनाविरुद्ध पिलखाना हत्याकाण्डको अनुसन्धान सुरु

ढाका । बंगलादेशको अन्तरिम सरकारले डेढ दशक पुरानो पिलखाना हत्याकाण्डको छानबिन सुरु गरेको छ । सन २००९ फेब्रुअरी २५–२६ मा ढाकाको बीडीआर मुख्यालय पिलखानामा अर्धसैनिक विद्रोहमा ७४ जना मारिएको घटनामा यो अनुसन्धान सुरू भएको हो । जसबेला शेख हसिनाले सरकारको नेतृत्व गरिरहेकी थिइन् ।

उक्त घटनामा डिसेम्बर १९ मा ढाकास्थित अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणको मुख्य अभियोजकको कार्यालयमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र तत्कालीन सेना प्रमुख जनरल मोइन उन अहमदसहित ५८ जनालाई अभियोग लगाइएको छ । अब यस विषयमा अनुसन्धान सुरु भएको छ ।

सो घटनामा तत्कालिन प्रधानमन्त्री शेख हसिना र उनका मन्त्रीमण्डलका सदस्य संलग्न रहेको दावी गरिएको छ । युनुस सरकारले उजुरीको छानबिन गर्न बीडीआरका पूर्व महानिर्देशक मेजर जनरल एएलएम फजलुर रहमानको नेतृत्वमा सात सदस्यीय आयोग गठन गरेको हो । आयोगले ‘स्वतन्त्र जिम्मेवारी’का साथ काम गर्ने बंगलादेशका मिडियाले जनाएका छन ।

 


Thali Mobile Pvt.Ltd.