एजेन्सी । पनामालाई अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । एरिजोनामा भएको एक कार्यक्रममा ट्रम्पले पनामा नहर नियन्त्रणमा लिने चेतावनी दिएका हुन ।
ट्रम्पको चेतावनीपछि पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले नहर र वरपरको क्षेत्रको हरेक वर्ग मिटर आफ्नो देशको भएको प्रतिक्रया दिँदै पनामाको सार्वभौमसत्ता र स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता नहुने तर्क गरेको बीबीसीले जनाएको छ ।
ट्रपलले पनामाको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको भन्दै शुल्क घटाउन वा नहरको नियन्त्रण पुनःअमेरिकालाई दिन चेतावनी दिएका थिए । नहर निर्माणपछि अमेरिकाको पूर्वी र पश्चिमी तटबीचको दूरी झण्डै १२ हजार ८ सय ७५ किलोमिटर कम भएको छ । ८२ किलोमिटर लामो नहर पार गर्न पानीजहाजलाई ८ देखि १० घण्टा लाग्छ । नहरबाट वर्षेनि झण्डै १४ हजार पानीजहाज आवतजावत गर्ने गर्ने बीबीसीले जनाएको छ ।
आउँदो जनवरीमा अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्ने ट्रम्पले अमेरिकामाथिको चर्को दोहन तुरुन्तै रोक्नुपर्ने बताए । सन् १८८२ मा फ्रान्सले निर्माण शुरू गरेको नहरको काम सन् १९०४ देखि अमेरिकाले गरेको थियो । सन् १९१४ मा खुला गरिएको नहर अमेरिकाले सन् १९९९ मा पनामालाई हस्तान्तरण गरेको थियो । नहर हस्तान्तरण सम्बन्धी सम्झौता भने सन् १९७७ मा भएको थियो ।
ट्रम्पले पनामा नहर अमेरिकाको लागि महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति भएको बताएका थिए । पनामा आन्ध्र र प्रशान्त महासागर जोड्ने मानवनिर्मित नहर हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ। भारतको राजधानी दिल्लीमा आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते हुन । प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री...
एजेन्सी । हमासले तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । हमास लडाकू समूहले तीन जना रिहा गर्न लागेको हो । प्यालेस्टिनी लडाकू समूह हमासले यसै हप्ता जीवित बन्धकलाई...
एजेन्सी । भारत र अमेरिकाबीच नयाँ सहमती भएको छ । भारत थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको हो । भारत र अमेरिकाको व्यापार असन्तुलन कम गर्न भारत...
काठमाडौं । छिट्टै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटवार्ता गर्ने भएका छन् । दुई देशका राष्ट्रपतिबिच भएको टेलिफोन वार्तापछि भेटघाटको वातावरण बनेको बताइएको छ । निकट...