भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

पनामाको सार्वभौमसत्ता र स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता नहुने

पनामाको सार्वभौमसत्ता र स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता नहुने

एजेन्सी । पनामालाई अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । एरिजोनामा भएको एक कार्यक्रममा ट्रम्पले पनामा नहर नियन्त्रणमा लिने चेतावनी दिएका हुन ।

ट्रम्पको चेतावनीपछि पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले नहर र वरपरको क्षेत्रको हरेक वर्ग मिटर आफ्नो देशको भएको प्रतिक्रया दिँदै पनामाको सार्वभौमसत्ता र स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता नहुने तर्क गरेको बीबीसीले जनाएको छ ।

ट्रपलले पनामाको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको भन्दै शुल्क घटाउन वा नहरको नियन्त्रण पुनःअमेरिकालाई दिन चेतावनी दिएका थिए । नहर निर्माणपछि अमेरिकाको पूर्वी र पश्चिमी तटबीचको दूरी झण्डै १२ हजार ८ सय ७५ किलोमिटर कम भएको छ । ८२ किलोमिटर लामो नहर पार गर्न पानीजहाजलाई ८ देखि १० घण्टा लाग्छ । नहरबाट वर्षेनि झण्डै १४ हजार पानीजहाज आवतजावत गर्ने गर्ने बीबीसीले जनाएको छ ।

आउँदो जनवरीमा अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्ने ट्रम्पले अमेरिकामाथिको चर्को दोहन तुरुन्तै रोक्नुपर्ने बताए । सन् १८८२ मा फ्रान्सले निर्माण शुरू गरेको नहरको काम सन् १९०४ देखि अमेरिकाले गरेको थियो । सन् १९१४ मा खुला गरिएको नहर अमेरिकाले सन् १९९९ मा पनामालाई हस्तान्तरण गरेको थियो । नहर हस्तान्तरण सम्बन्धी सम्झौता भने सन् १९७७ मा भएको थियो ।

ट्रम्पले पनामा नहर अमेरिकाको लागि महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति भएको बताएका थिए । पनामा आन्ध्र र प्रशान्त महासागर जोड्ने मानवनिर्मित नहर हो ।

 


Thali Mobile Pvt.Ltd.