भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

बागमती स्वास्थ्य मन्त्रालयको अनुगमन अपरेशनः अस्पतालहरूमा मिलेको मिश्रित प्रतिक्रिया

बागमती स्वास्थ्य मन्त्रालयको अनुगमन अपरेशनः अस्पतालहरूमा मिलेको मिश्रित प्रतिक्रिया

काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले राजधानी काठमाडौंका तीन प्रमुख अस्पतालमा अनुगमन गरेको छ । स्वास्थ्य सेवा प्रणालीमा अनुशासन र पारदर्शिता कायम राख्ने उद्देश्यले प्रत्यक्ष अनुगमन थालेको मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको नेतृत्वमा स्वास्थ्य सचिव डा.सुमित्रा गौतमसहितको उच्चस्तरीय टोलीले बसुन्धरास्थित कान्तिपुर डेन्टल एन्ड जनरल अस्पताल, लाजिम्पाटस्थित सीवेक अस्पताल र काठमाडौं नेशनल अस्पतालमा अनुगमन गरेको हो। अनुगमन टोलीले अस्पतालहरूको सेवा, संरचना, कानुनी प्रक्रिया र दर्ता अवस्था जाँच गर्दै सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद पनि गरेको थियो।

बागमती स्वास्थ्य मन्त्रालयको अनुगमन अपरेशनः अस्पतालहरूमा मिलेको मिश्रित प्रतिक्रिया

अनुगमनको पहिलो गन्तव्य थियो बसुन्धरामा अवस्थित कान्तिपुर डेन्टल एन्ड जनरल अस्पताल। अस्पतालमा पुग्दा अनुगमन टोलीले सबैभन्दा पहिले प्रशासनिक कागजात र कानुनी दस्तावेजहरू जाँच गर्‍यो। तर अस्पतालले कुनैपनि आवश्यक कानुनी प्रमाणपत्र प्रस्तुत गर्न नसकेपछि टोलीले गम्भीर असन्तोष व्यक्त गर्‍यो।
स्वास्थ्य मन्त्रालयले यस्तो लापरवाहीलाई सहन नहुने भन्दै स्पष्ट रूपमा चेतावनी दिदै भन्यो “यदि तत्कालै कानुनी प्रक्रिया पुरा नगरे कडा कारबाही हुनेछ । ” अस्पतालका कर्मचारीहरूले गल्ती भएको स्वीकार गर्दै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अनुगमनमा दोस्रो अस्पताल लाजिम्पाटस्थित सीवेक अस्पतालमा भने स्थिति पूर्णतः फरक देखियो। अस्पतालले सम्पूर्ण कानुनी प्रक्रिया, पूर्वाधार र व्यवस्थापन दुरुस्त बनाएको पाइएको थियो। टोलीले जाँच गरेपछि अस्पताललाई तुरुन्तै दर्ता नविकरणको प्रमाणपत्र अस्पतालमै हस्तान्तरण गरेको हो ।

बागमती स्वास्थ्य मन्त्रालयको अनुगमन अपरेशनः अस्पतालहरूमा मिलेको मिश्रित प्रतिक्रिया

स्वास्थ्य मन्त्री थापा र सचिव डा.गौतमको नेतृत्वमा प्रमाणपत्र प्रदान गरिँदा वातावरण भावनात्मक बन्यो र तालि बज्यो । अस्पतालकी मेडिकल डाइरेक्टर डा. प्रतिभा पाण्डेले भनिन्,“गणतन्त्र अब सिंहदरबारभित्र मात्र होइन, अस्पतालको ढोकासम्म आइपुगेको अनुभूति भयो। सेवा प्रवाहमा सहजता ल्याउन यो अत्यन्तै सकारात्मक कदम हो।”

मन्त्री थापाले जनतामुखी सेवा प्रवाह नै सरकारको प्राथमिकता भएको उल्लेख गर्दै भने,“अब जनताले ढोका ढक्ढक्याउनुपर्ने दिन गए। हामी सेवा लिएर उनीहरूको ढोकासम्म पुग्नेछौं।” सचिव गौतमले सम्पूर्ण प्रक्रिया पारदर्शी रहेको भन्दै कानुनीरूपमा सक्षम संस्थालाई राज्यले सम्मान गर्नुपर्ने बताइन्।

बागमती स्वास्थ्य मन्त्रालयको अनुगमन अपरेशनः अस्पतालहरूमा मिलेको मिश्रित प्रतिक्रिया

अनुगमन टोलीको तेस्रो गन्तव्य थियो काठमाडौं नेशनल अस्पताल। यहाँको दृश्य भावनात्मक र उत्साहजनक दुवै थियो। अस्पताल सञ्चालक बसुरुदिन अन्सारीले टोलीलाई स्वागत गर्दै भने, “२७ वर्षको स्वास्थ्य सेवामा यस्तो प्रकारको प्रत्यक्ष, पारदर्शी र नेतृत्वको साथमा आएको अनुगमन मैले पहिलोपटक देखेँ। मन्त्रीज्यू जस्ता नेतृत्वहरूले स्वास्थ्य क्षेत्रमा सेवा भावनाबाट काम गरे भने, देशले नयाँ युगको सुरुवात गर्नेछ।” टोलीको उपस्थिति र जवाफदेही शैलीले अस्पताललाई थप हौसला दिएको उनले बताए।

सचिव डा. गौतमले अनुगमनपछि अस्पतालले आवश्यक प्रक्रिया पुरा गरेपछि अनुमति २ घण्टामै प्रदान गरिने जानकारी दिइन्। साथसाथै उनले भनिन्, “आफूहरु स्वास्थ्य क्षेत्रमा सुधार, स्वच्छता र सेवा नै मुख्य एजेन्डा बनाउने पक्षमा छ।”

बागमती प्रदेश स्वास्थ्यमन्त्रालयको अनुगमन अभियान स्वास्थ्य संस्थाहरूको निरीक्षण मात्र थिएन, यो जनतालाई जवाफदेही शासनको अनुभूति गराउने एउटा सशक्त अभ्यास भएको सहभागिहरुको भनाई छ । कागजमा मात्रै सीमित सेवा प्रवाह होइन, व्यवहारमा अनुशासन, कानुन र पारदर्शिताको अभ्यास गर्नु नै राज्यप्रति जनताको भरोसा बढाउने मार्ग हो।

 

 


Thali Mobile Pvt.Ltd.