भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा भक्तपुरका किरण थापा

बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा भक्तपुरका किरण थापा

भक्तपुर । संघिय संसदका दुई प्रमुख पार्टी नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्दन सरकार बनेसंगै प्रदेशहरुमा पनि सरकारहरु परिवर्तन भएका छन् । मंगलबार बागमती प्रदेशमा पनि सरकार परिवर्तन भएको छ । नेपाली कांग्रेसका बहादुर सिंह लामाको नेतृत्वमा एमाले सम्मिलित नयाँ सरकार बनेको हो । बागमती प्रदेश सरकारमा भक्तपुरबाट प्रतिनिधित्व गर्ने साँसद किरण थापा स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।(Health) of Bagmati Province

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा थापा नेकपा एमालेको जिल्ला कमिटी भक्तपुरका उपाध्यक्ष हुन् । थापा सूर्यविनायक नगरपालिका वडा नं. ८ निवासी भैरव बहादुर थापामगर र ललिता थापामगरका सुपुत्र हुन् । मन्त्री थापाको जन्म बिक्रम संवद २०३३ साल भाद्र १४ गते भएको थियो ।

लामो समय देखि राजनीतिमा सक्रिय थापा विगत ३ दशकदेखि सफल राजनितिक जीवन जिइरहेका छन् । यस अघि उनले सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षको जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका छन् । राजनीतिक यात्राः २०५३ मा २० बर्षको उमेरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, गाउँ कमिटी अध्यक्ष हुँदै राजनीतिक यात्रा अघी बढाएका थापा वि.सं २०७१ पुषबाट नेकपा (एमाले)को सक्रिय राजनीति गर्दै आएका छन् (Health) of Bagmati Province

वडा अध्यक्ष सफल कार्यकाल लोभलाग्दो तरिकाले विताएका थापाले सामाजिक क्षेत्रमा समेत सेवा गरेका छन् । थापाले राजनीती संगै सामाजिक संघसंस्थाहरुमा नेतृत्वदायी भुमिका निभाउदै आएका छन् । नेपाल रेडक्रस सोसाइटी, केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति, खानेपानी समिति, नेपाल टाइगर डो संघ (खेलकुद क्षेत्र) लगायतमा उनको नेतृत्वदायी भुमिका रहेको छ ।

उनले हाल सूर्यविनायक उद्योग वाणिज्य संघमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । सिपाडोलको सरस्वती विद्या गृहबाट विद्यालय तथा उच्च शिक्षाको अध्ययन पूरा गरेका थापा विद्यालय तह बाटै सामाजिक क्षेत्रमा सक्रिय छन् । सुरुमा कुखुरापालन व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थापाले कुखुरापालन सँगै दाना उद्योग समेत सञ्चालन गरेका थिए । यो संगै मन्त्री थापाले अन्य व्यवसायहरुमा समेत आफ्नो व्यावसायिक छावि निर्माण गर्दै राजनीतिमा जस्तै व्यवसायमा पनि सपल व्यवसायी हुन ।

(Health) of Bagmati Province

२०७२ सालको भुकम्पबाट प्रभावित भक्तपुरवासीहरूका निम्ति उनले राहात वितरणमा प्रभावकारी काम गरेका थिए । नेपाल रेडक्रस सोसाईटीको जिल्ला उपसभापतिको रुपमा जनताको घरदैलामा पुगेर त्रिपाल लगायतका अत्यावस्यक राहात सामाग्रीहरू उपलब्ध गराई भुकम्प पिडितलाई हौसला प्रदान गरेका थिए ।

(Health) of Bagmati Province

आफू वडा अध्यक्ष हुँदा विश्व महामारी समयमा सुर्यविनायक ८ मा अक्सिप्लान्ट प्लाण्ट, आई.सी.य, एच.डि.यु. सहितको सुविधा सम्पन्न सूर्यविनायक नगर अस्पतालको स्थापना गर्न र अस्पतालको स्तरबृद्धिमा समेत मन्त्री थापाको महत्वपूर्ण हात रहेको छ । जनतालाई समस्या पर्दा आफ्नो ज्यानको प्रवाह नगरि जनताको समस्या समाधान गर्न तल्लिन रहने मन्त्री थापाबाट स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि स्वास्थ्य क्षेत्रले समेत परिवर्तन अनुभूति गर्ने आम धारण रहेको छ ।

(Health) of Bagmati Province

 


Thali Mobile Pvt.Ltd.