भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

घुस दिएको विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेः गृहमन्त्री

घुस दिएको विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा। वीरेन्द्र महतोले घुस दिएको विषयमा तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरूले सदनमा उठाएको विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिए।

उनले आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको समेत बताए। “प्रहरीलाई उक्त घटनाबारे तत्काल छानबिन गर्न आदेश दिइसकिएको छ। यो विषयलाई सरकारले अत्यन्त गम्भीर रुपमा लिएको छ”, गृहमन्त्री लेखकले भने।

जनता समाजवादी पार्टीका सांसद महतोले सदनमा आफूले शिक्षा मन्त्रालयको सानोठिमीमा छोराको सर्टिफिकेटको सन्दर्भमा पाँच हजार रुपैयाँ घुस दिएको बताएका थिए। रासस

 


Thali Mobile Pvt.Ltd.