भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

स्वास्थ्य मन्त्रालयले बिमा बोर्डबाट उपचार सहुलियत कार्यक्रम आफ्नै शाखामा फर्कायो

स्वास्थ्य मन्त्रालयले बिमा बोर्डबाट उपचार सहुलियत कार्यक्रम आफ्नै शाखामा फर्कायो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डबाट उपलब्ध हुँदै आएको मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाको उपचार सहुलियत दिने कार्यक्रम आफ्नै नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामै फर्काएको छ ।

यसअघि कडा रोगहरूको उपचार खर्च सेवा बिमा बोर्डबाट दिइँदै आइएको थियो ।

सरकारबाट जनतालाई दिइने उपचार सेवाको सहुलियत छरिएको भन्दै चालू आवको बजेटमा नै स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बिमाका बीच दोहोरोपन नहुने गरी चालू आवभित्रै कार्यविधि तर्जुमा गरेको थियो।

चालू आवको बजेट वक्तव्यको २३८ नम्बर बुँदामा उल्लेख गरिएको छ, ‘स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रम र स्वास्थ्य बिमाका बीच दोहोरोपन नहुने गरी चालू आवभित्रै कार्यविधि तर्जुमा गरिनेछ ।

यस्ता सामाजिक सुरक्षाका कार्यक्रमलाई क्रमशः स्वास्थ्य बिमाको दायरामा ल्याइनेछ।’

स्वास्थ्य मन्त्रालयले भने बजेटमा उल्लेख गरिएको विषय मात्रै नभएर दुई वर्षअघि आफैँले ल्याएको विपन्न नागरिक औषधि उपचार कार्यक्रममा कडा रोगहरूको उपचार खर्च स्वास्थ्य बिमा आबद्ध गर्ने

कार्यविधि २०७८ लाई खारेज गरी विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० स्वीकृत गरी बिमा बोर्डमा गइसकेको कार्यक्रम पुनः मन्त्रालयमा नै तानेको हो।

मन्त्रालयले ६ मंसिरमा मन्त्रिस्तरीय निर्णय गर्दै विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० स्वीकृत गरेको हो । उक्त निर्देशिका कार्यान्वयनमा आएसँगै दुई वर्षअघि बनेको कार्यविधि खारेज भएको छ र बिमा बोर्डमा गएको विपन्न उपचार सेवा कार्यक्रम मन्त्रालयमै फर्किएको छ ।

योसँगै विपन्न बिरामीका लागि एक वर्षदेखि स्वास्थ्य बिमा बोर्डबाट उपलब्ध हुँदै आएको मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाको उपचार सहुलियत पुनः नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामै फर्किएको हो।

 

 


Thali Mobile Pvt.Ltd.