भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

तीन वर्षदेखि ऋणमा थचारिएकाे नेपाल आयल निगम ऋणमुक्त

तीन वर्षदेखि ऋणमा थचारिएकाे नेपाल आयल निगम ऋणमुक्त

काठमाडौँ । तीन वर्षदेखि ऋणमा थचारिएको नेपाल आयल निगम ऋणमुक्त बनेको छ ।

इन्धनको आपूर्ति सहज बनाउन सरकारबाट लिएको ७ अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेसँगै निगम ऋणमुक्त बनेको हो ।

रुस र युक्रेनको युद्धले कच्चा र प्रशोधित तेलको मूल्य बढ्दा निगम २०७७ पुसदेखि नोक्सानीमा जान थालेको थियो । मूल्य बढ्दै जाँदा एकै वर्षमा निगम करिब ५० अर्ब घाटा बेहोरेको थियो ।

त्यसपश्चात् आईओसीसँग इन्धन खरिद गर्दा समेत करिब ३३ अर्ब बक्यौता रहेको थियो । वाणिज्य बैंकसँग ३ अर्ब र सरकारसँग ७ अर्ब ऋण लिएकोमा मङ्गलवार ब्याजसहित सबै चुक्ता गरेको निगमले जनाएको छ ।

आईओसीको ऋण जून ३१ र ब्याज जुलाई ८ मा तिरेका थियो । वाणिज्य बैंकलाई १०.६ प्रतिशतको दरले ब्याज बुझाउने सम्झैता थियो । त्यस्तै, सरकारले भने ५ प्रतिशतको दरले ब्याज बुझाउँदै आएको थियो ।

अन्तिम किस्ता स्वरूप ७० करोड बुझाएपछि ऋण मुक्त बनेको निगमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.