भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

इरानले इजरायलसँग शान्ति सम्झौता नगर्ने

इरानले इजरायलसँग शान्ति सम्झौता नगर्ने

एजेन्सी,  ४असार । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खोमिनीले इजरायलसँग शान्ति सम्झौता गर्ने कुनै सम्भावना नरहेको स्पष्ट प्रतिक्रिया दिनुभएको छ।सामाजिक सञ्जाल एक्समार्फत जारी गरिएको जवाफमा खोमिनीले इजरायली आतङ्कवाद विरुद्ध इरानले लडाइँ जारी राख्ने बताए र अहिले युद्ध शुरू भइसकेको चेतावनी समेत दिनुभएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इजरायल सामु विना शर्त आत्मसमर्पण गर्नुपर्ने सुझाव दिएका थिए। यसपछि खोमिनीले युद्ध नरोकिने र कडा जवाफ दिनुपर्ने बताउनुभएको हो।

ट्रम्पले पनि भनेका छन् कि यदि अमेरिका इरान र इजरायलबीचको द्वन्दमा संलग्न भयो भने इरानलाई ठूलो क्षति सहनुपर्नेछ। अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहायता दिँदै आएको छ, तर पछिल्लो आक्रमणको सम्बन्धमा अहिलेसम्म आधिकारिक बयान आएको छैन।

 


Thali Mobile Pvt.Ltd.