भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

काँकडभिट्टाबाट आठ करोडभन्दा धेरैको जडीबुटी निर्यात

काँकडभिट्टाबाट आठ करोडभन्दा धेरैको जडीबुटी निर्यात

काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०।८१ मा आठ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाको क्वारेन्टिन कार्यालयकाअनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो ।

गएको आर्थिक वर्षमा चार करोड ८० लाख ६० हजार रुपैयाँ बराबरको एक सय ६० मेट्रिक टन चिराइतो निर्यात भएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा र भोजपुरमा चिराइतोको व्यावसायिक खेती हुँदै आएको छ ।

यसैगरी यही अवधिमा एक करोड ६५ लाख २० हजारको ८३ मेट्रिक टन मजिठो, ९६ लाख ९४ हजारको एक सय ५१ मेट्रिक टन रिठ्ठा, ११ लाख ३४ हजारको ११ मेट्रिक टन अमला र १२ लाख रुपैयाँ बराबरको २४ मेट्रिक टन चुत्रो निर्यात भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.