भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

वृक्षारोपणले चाँगुनारायणको सुन्दर उदाहरण प्रस्तुत गरेको छः नगरप्रमुख जीवन खत्री

वृक्षारोपणले चाँगुनारायणको सुन्दर उदाहरण प्रस्तुत गरेको छः नगरप्रमुख जीवन खत्री

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । आज दिपज्योती महिला विकास बहुृउद्धेस्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित वृक्षारोपण कार्यक्रममा काठमाडौ उपत्यका विकास प्राधिकरणले विभिन्न प्रकारका बिरुवाहरु उपलब्ध गराएको हो । सहरी स्वास्थ्य मन्त्रालयका सचिव मनिराम गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको आतिथ्यतामा आयोजित कार्यक्रममा झौखेलमा वृक्षारोपण गरिएको हो ।

विगत केही वर्षयता चाँगुनारायण नगरपालिकाले भौतिक विकासको क्षेत्रमा निकै विकास गरेको बताउदैँ वातावरण संरक्षणमा पनि नगरपालिकाले ध्यान दिन आवश्यक रहेको सहरी स्वास्थ्य मन्त्रालयका सचिव मनिराम गेलालकको बताए । उनले समयअनुसार विकासको परिभाषा पनि परिवर्तन हुने भएकाले वातावरणलाई बढीभन्दा बढी हरियाली बनाउनुपर्ने बताए । “विकासको आवश्यकता पनि समयअनुसार परिवर्तन हुने रहेछ । म सानो छदाँ गाउँघरको इनार बनाउन ५००० बजेट आयो भने पनि त्यो ठूलो हुन्थ्यो तर शब त्यस्तो छैन । अब हामीले वातावरण संरक्षण गर्नुपर्ने भयो ।” उनले भने, “जलवायु परिवर्तनको असरलाई कम गर्न पनि वातावरणलाई हरियाली बनाउन आवश्यक छ ।”

नगरबासी भएपछि भावी पुस्तालाई पनि व्यवस्तिथ हुने गरी विकास निर्माण गर्न आवश्यक रहेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताए । नगरबासीहरुलाई आपसी समन्वयन, सहकार्यका साथ जुटेर काम गर्न पनि उनले आहवान गरेका छन् । यस्ता वृक्षारोपण कार्यक्रमले चाँगुनारायण नगरको सुन्दर उदाहरण प्रस्तुत गरेको उनले बताए । “त्यसैगरी हामी लामो समयदेखि ’स्मार्ट सिटि,व्यवस्थित सहर‘ बनाउने अभियानमा लागेका छौ । ८।१० वर्षदेखि रोकिएका जग्गाहरुलाई अब हामी व्यवस्थित सहर निर्माण गर्न र हाम्रो समस्या समाधान गर्न निरन्तर रुपले पहल गरिरहेका छौ । ”

 


Thali Mobile Pvt.Ltd.