DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पछिल्लो दश वर्षयताकै गर्मी काठमाडौं,अझै बढ्न सक्ने सम्भावना

पछिल्लो दश वर्षयताकै गर्मी काठमाडौं,अझै बढ्न सक्ने सम्भावना image

काठमाडौं । काठमाडौंमा बदली र वर्षा कम हुँदा गर्मी बढेको छ । काठमाडौंमा धेरै समय मौसम बदली नहुनु र धेरै ठाउँमा लामो अवधिसम्म वर्षा नहुँदा गर्मी बढेको हो । काठमाडौंमा बुधबारको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस मापन भएको थियो । बिहीबार पनि यसकै सेरोफेरोमा तापक्रम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो वर्ष काठमाडौंमा सबैभन्दा बढी ३४.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम जेठ २८, १७ र ११ मा समान ३४.४ डिग्री सेल्सियस नै मापन गरिएको थियो । यो गत वर्षकोभन्दा काठमाडौंको बढी तापक्रम हो । विभागका अनुसार गत वर्ष काठमाडौंको अधिकतम तापक्रम ३३।३ डिग्री सेल्सियस मापन गरिएको थियो । १० जुनमा गत वर्षको अधिकतम तापक्रम ३३।३ डिग्री सेल्सियस थियो ।

सन् २०१५ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस थियो । तथ्यांकअनुसार यो वर्ष काठमाडौं पछिल्ला नौ वर्षयताकै गर्मी बनेको छ । सन् २०१५ को जुन ६ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको विभागको तथ्यांक छ । त्यसयता ०१६ मा ३४.२ डिग्री सेल्सियस अधिकतम तापक्रम थियो । जुन तापक्रमलाई यो वर्षको तापक्रमको रेकर्डले उछिनिसकेको छ ।

हिउँदे वर्षा नहुनु, पृथ्वीको तापक्रम निरन्तर बढ्नु, प्राकृतिक हिसाबले पनि सामुद्रीक प्रणालीहरू परिवर्तन भइरहनु तापक्रम बढ्नुको कारण हो ।

यो वर्ष काठमाडौंमा अझै गर्मी बढ्नसक्ने सम्भावनालाई नकार्न नसकिने मौसमविद् रोजन लामिछाने बताउँछन् । तर, कोसी प्रदेशबाट मनसुन नेपाल भित्रिसकेका कारण ३२ देखि ३४ डिग्री सेल्सियसकै हाराहारीमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.