भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

देशभर वर्षाको असर: ७ मुख्य राजमार्ग पूर्ण बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन

देशभर वर्षाको असर: ७ मुख्य राजमार्ग पूर्ण बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन

मुख्य बुँदा

देशभर ७ प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध।

४ स्थानमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन।

पहिरो, बाढी र सडक मर्मतका कारण यातायात प्रभावित।

मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडक साउन २५ गतेसम्म बन्द रहने।

प्रहरीले यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

काठमाडौं, २१ असार । अविरल वर्षा, बाढी, पहिरो तथा सडक मर्मतका कारण देशभरका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्।

नेपाल प्रहरीका अनुसार आइतबार बिहान ८:३० बजेसम्म ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने ४ स्थानमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ।

कोशी प्रदेशको भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्ड सम्भावित बाढीको जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ।

मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडकखण्डमा मर्मत कार्य भइरहेकाले साउन २५ गतेसम्म सवारी आवागमन बन्द रहने जनाइएको छ। त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

गण्डकी प्रदेशमा कास्कीको पोखरा–२२ क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। स्याङ्जाको ब्यासेरी–बेनी–जोमसोम सडकखण्ड भने पूर्ण रूपमा बन्द रहेको छ।

लुम्बिनी प्रदेशको पाल्पास्थित मालमुल–पाल्पा सडकखण्डमा पहिरो हटाएपछि सवारी सञ्चालन पुनः सुचारु भएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट–रिजुगार्ड जोड्ने भेरी करिडोर दुई स्थानमा अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ।

रोल्पाको परिवर्तन गाउँपालिका–१ शेलाबाङ क्षेत्रमा पर्ने घोराही–रुकुम शहीद मार्गमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। सुदूरपश्चिम प्रदेशको बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा रहेको जयपृथ्वी राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.