भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

बालेन सरकारको १०० दिन: ११८ अर्ब बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा, भ्रष्टाचारमा कडा एक्सन

बालेन सरकारको १०० दिन: ११८ अर्ब बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा, भ्रष्टाचारमा कडा एक्सन

मुख्य बुँदा

सरकारको १०० दिनमा सम्पत्ति शुद्धीकरण मुद्दामा ११८ अर्ब रुपैयाँ बिगो दाबी।

१०१ जना प्राकृतिक तथा कानुनी व्यक्तिविरुद्ध ७ वटा विशेष मुद्दा दायर।

वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणविरुद्ध शून्य सहनशीलताको नीति।

सीआईबीमार्फत बैंकिङ कसुर र धितोपत्रसम्बन्धी अनुसन्धान जारी।

बैंक खाता, डिजिटल वालेट र सेयर समेट्ने एकीकृत डिजिटल सम्पत्ति लगत निर्माण प्रक्रिया सुरु।

सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा सार्वजनिक गरिएको प्रगति प्रतिवेदनमा ११८ अर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा दायर गरिएको उल्लेख गरिएको छ।

सरकारका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राज्यकोषको दोहन, अवैध आर्थिक कारोबार तथा नीतिगत सेटिङमा संलग्न रहेको आरोपमा सात वटा विशेष मुद्दा दायर गरेको छ। ती मुद्दामा १०१ जना प्राकृतिक तथा कानुनी व्यक्तिलाई प्रतिवादी बनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा वित्तीय अपराध र सम्पत्ति शुद्धीकरणमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने अभियानलाई सरकारले सुशासन स्थापनाको प्रमुख प्राथमिकताका रूपमा अघि बढाएको उल्लेख गरिएको छ।

यसका साथै धितोपत्रसम्बन्धी कानुन र बैंकिङ कसुरसँग सम्बन्धित मुद्दामा संलग्न व्यक्तिहरूमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको सरकारको भनाइ छ।

सरकारले आर्थिक पारदर्शिता र सुशासनलाई थप प्रभावकारी बनाउन बैंक खाता, डिजिटल वालेट तथा सेयर लगानीसमेत समेट्ने एकीकृत डिजिटल सम्पत्ति लगत प्रणाली निर्माण प्रक्रिया सुरु गरिएको जनाएको छ।

यसबाट अवैध सम्पत्ति पहिचान, वित्तीय निगरानी तथा कर प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको सरकारको दाबी छ।

 


Thali Mobile Pvt.Ltd.