भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ताजिकिस्तानमा हिजाबमाथि प्रतिबन्ध

ताजिकिस्तानमा हिजाबमाथि प्रतिबन्ध

काठमाडौं । मुस्लिम बाहुल्य मध्य एशियाली देश ताजिकिस्तानले हिजाबमाथि आधिकारिक रूपमा प्रतिबन्ध लगाएको छ । ताजिकिस्तानको संसद्को उच्च सदन ‘मजलिसी मिल्ली’ ले हिजाबमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

संसद्को माथिल्लो सदनने गएको जुन १९ मा अनुमोदन गरेको यो विधेयक मुस्लिम बाहुल्य देशमा हिजाबमाथि अनौपचारिक बन्देज लगाएको वर्षौँपछि आएको हो । विधेयकअनुसार कानुनको उल्लङ्घन गर्नेहरूलाई जरिबाना पनि तिराइने खबरमा उल्लेख छ ।

विधेयकले इस्लामिक महत्त्वपूर्ण चाड– ईद अल–फित्र र इद अल–अधामा विदेश पोसाक लगाउन पनि प्रतिबन्ध लगाएको छ । यस्तै विधेयकले यी चाडपर्व र उपहार दिने परम्पराहरूमा बालबालिकाको सहभागितालाई पनि प्रतिबन्ध लगाएको छ ।

मानव अधिकार सङ्गठनहरूले ताजिकिस्तानको हिजाब प्रतिबन्धलाई धार्मिक स्वतन्त्रताको उल्लङ्घन भएको भन्दै आलोचना गरेका छन् । जनसङ्ख्याको ९८ प्रतिशतभन्दा बढी मुस्लिम समुदायको जनसङ्ख्या भएकाले यो कानून लागू हुँदा विरोध हुने सम्भावना रहेको खबरमा उल्लेख छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.