भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

ताजिकिस्तानमा हिजाबमाथि प्रतिबन्ध

ताजिकिस्तानमा हिजाबमाथि प्रतिबन्ध

काठमाडौं । मुस्लिम बाहुल्य मध्य एशियाली देश ताजिकिस्तानले हिजाबमाथि आधिकारिक रूपमा प्रतिबन्ध लगाएको छ । ताजिकिस्तानको संसद्को उच्च सदन ‘मजलिसी मिल्ली’ ले हिजाबमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

संसद्को माथिल्लो सदनने गएको जुन १९ मा अनुमोदन गरेको यो विधेयक मुस्लिम बाहुल्य देशमा हिजाबमाथि अनौपचारिक बन्देज लगाएको वर्षौँपछि आएको हो । विधेयकअनुसार कानुनको उल्लङ्घन गर्नेहरूलाई जरिबाना पनि तिराइने खबरमा उल्लेख छ ।

विधेयकले इस्लामिक महत्त्वपूर्ण चाड– ईद अल–फित्र र इद अल–अधामा विदेश पोसाक लगाउन पनि प्रतिबन्ध लगाएको छ । यस्तै विधेयकले यी चाडपर्व र उपहार दिने परम्पराहरूमा बालबालिकाको सहभागितालाई पनि प्रतिबन्ध लगाएको छ ।

मानव अधिकार सङ्गठनहरूले ताजिकिस्तानको हिजाब प्रतिबन्धलाई धार्मिक स्वतन्त्रताको उल्लङ्घन भएको भन्दै आलोचना गरेका छन् । जनसङ्ख्याको ९८ प्रतिशतभन्दा बढी मुस्लिम समुदायको जनसङ्ख्या भएकाले यो कानून लागू हुँदा विरोध हुने सम्भावना रहेको खबरमा उल्लेख छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.