भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

चीनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुग्यो

चीनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुग्यो

काठमाडौं । चीनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । दक्षिण चीनको गुआङडोङ प्रान्तमा यो हप्ताको मुसलधारे वर्षा र बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको विपद्मा सक्रिय अधिकारीलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बाढी र पहिरोबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएका छन् । केही क्षेत्रमा यो हप्ता शताब्दीकै ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीमा फसेका मानिसहरूको खोजी र उद्धार कार्य भइरहेको छ ।

मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । जलवायु परिवर्तनले ठूलो वर्षा र ुलूु जस्ता चरम मौसमी प्रतिकूल अवस्था निम्ताएको विज्ञले बताएका छन् ।

हरित गृह ग्यास जलवायु परिवर्तनको प्रमुख कारण हो र चीन विश्वको सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जक हो । चरम मौसमी प्रभाव कम गर्नेतर्फ तत्काल आवश्यक कदम चाल्नुपर्नेमा पनि विज्ञको जोड छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.