भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चीनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुग्यो

चीनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुग्यो

काठमाडौं । चीनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । दक्षिण चीनको गुआङडोङ प्रान्तमा यो हप्ताको मुसलधारे वर्षा र बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको विपद्मा सक्रिय अधिकारीलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बाढी र पहिरोबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएका छन् । केही क्षेत्रमा यो हप्ता शताब्दीकै ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीमा फसेका मानिसहरूको खोजी र उद्धार कार्य भइरहेको छ ।

मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । जलवायु परिवर्तनले ठूलो वर्षा र ुलूु जस्ता चरम मौसमी प्रतिकूल अवस्था निम्ताएको विज्ञले बताएका छन् ।

हरित गृह ग्यास जलवायु परिवर्तनको प्रमुख कारण हो र चीन विश्वको सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जक हो । चरम मौसमी प्रभाव कम गर्नेतर्फ तत्काल आवश्यक कदम चाल्नुपर्नेमा पनि विज्ञको जोड छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.