भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक पूर्ण रूपमा सञ्चालनमा

हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक पूर्ण रूपमा सञ्चालनमा

जुम्ला, १३ माघ २०८२ । हिमपातका कारण अवरुद्ध भएको नाग्म–गमगढी सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाले डोजर प्रयोग गरी सडकमा जमेको हिउँ हटाएपछि यातायात सुचारु भएको हो ।

बाक्लो हिमपातका कारण सडकमा हिउँ जमेर सवारी साधन चलाउन नसक्ने अवस्था सिर्जना भएको थियो । सडक अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय जुम्लाले आवश्यक उपकरण र जनशक्ति परिचालन गरी हिउँ पन्छाउने काम तीव्र रूपमा अघि बढाएको थियो ।माघ ११ गतेदेखि सडक आंशिक रूपमा सञ्चालनमा आएको भए पनि सडकमा बाँकी रहेको हिउँ पूर्ण रूपमा हटाएपछि हाल यातायातका साधनहरू सहज रूपमा चल्न थालेका छन् ।

सडक पूर्ण रूपमा खुला भएसँगै बीच बाटोमा अलपत्र परेका यात्रु तथा मालवाहक सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । साथै कार्यालयले सडक सञ्चालनमा आए पनि चिसो मौसम र हिउँका कारण सडक चिप्लो हुन सक्ने भन्दै सवारी चालकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

जुम्लामा माघ १० गते रातिदेखि परेको हिमपातका कारण नाग्म–गमगढी सडक अवरुद्ध भएको थियो ।

 

 

 


Thali Mobile Pvt.Ltd.