भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

(SME) व्यापार मेलाबाट नेपाली व्यसायी उत्सायी, चीनसँग सहकार्यको प्रशस्त सम्भावना छः मन्त्री थापा

(SME) व्यापार मेलाबाट नेपाली व्यसायी उत्सायी, चीनसँग सहकार्यको प्रशस्त सम्भावना छः मन्त्री थापा

ग्वान्जाउ, चीन, १४ असार । ग्वान्जाउमा आयोजित २० औँ चाइना अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय (SME) व्यापार मेलामा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएका छन्। नेपालका विभिन्न साना तथा मझौला व्यवसाय, उद्योग, सेवा तथा उत्पादन क्षेत्रका व्यापारीहरूले आफ्नो उत्पादन र नवप्रवर्तन प्रस्तुत गरेका हुन ।

मेलामा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाकाे विशेष सहभागिता रहेकाे थियाे । मन्त्री थापाले मेलाको उद्घाटन सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बागमती प्रदेशमा स्वास्थ्य सेवा, औषधि उद्योग, मेडिकल उपकरण तथा सार्वजनिक–निजी साझेदारीका सम्भाव्य क्षेत्रबारे चिनियाँ प्रतिनिधिहरूसँग संवाद गर्नु भएकाे थियाे ।

उहाँले भन्नुभयाे, “नेपालको साना तथा मझौला उद्योगहरूमा लगानी गर्न चीनसँग सहकार्यको प्रशस्त सम्भावना छ।”

नेपाली व्यापारीहरूले मेलाबाट अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान बनाउने प्रेरणा पाएको बताएका छन्। चीन सरकारद्वारा आयोजित यो मेला साना तथा मझौला उद्योगहरूबीच सहयोग, प्रविधि स्थानान्तरण र निर्यात प्रवर्द्धनको प्रभावकारी प्लेटफर्मका रूपमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.