भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

(SME) व्यापार मेलाबाट नेपाली व्यसायी उत्सायी, चीनसँग सहकार्यको प्रशस्त सम्भावना छः मन्त्री थापा

(SME) व्यापार मेलाबाट नेपाली व्यसायी उत्सायी, चीनसँग सहकार्यको प्रशस्त सम्भावना छः मन्त्री थापा

ग्वान्जाउ, चीन, १४ असार । ग्वान्जाउमा आयोजित २० औँ चाइना अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय (SME) व्यापार मेलामा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएका छन्। नेपालका विभिन्न साना तथा मझौला व्यवसाय, उद्योग, सेवा तथा उत्पादन क्षेत्रका व्यापारीहरूले आफ्नो उत्पादन र नवप्रवर्तन प्रस्तुत गरेका हुन ।

मेलामा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाकाे विशेष सहभागिता रहेकाे थियाे । मन्त्री थापाले मेलाको उद्घाटन सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बागमती प्रदेशमा स्वास्थ्य सेवा, औषधि उद्योग, मेडिकल उपकरण तथा सार्वजनिक–निजी साझेदारीका सम्भाव्य क्षेत्रबारे चिनियाँ प्रतिनिधिहरूसँग संवाद गर्नु भएकाे थियाे ।

उहाँले भन्नुभयाे, “नेपालको साना तथा मझौला उद्योगहरूमा लगानी गर्न चीनसँग सहकार्यको प्रशस्त सम्भावना छ।”

नेपाली व्यापारीहरूले मेलाबाट अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान बनाउने प्रेरणा पाएको बताएका छन्। चीन सरकारद्वारा आयोजित यो मेला साना तथा मझौला उद्योगहरूबीच सहयोग, प्रविधि स्थानान्तरण र निर्यात प्रवर्द्धनको प्रभावकारी प्लेटफर्मका रूपमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.