भर्खरै : Sorry, your browser does not support inline SVG.
पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त | काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, प्रदूषण नियन्त्रणको कार्ययोजना सार्वजनिक गर्दै महानगर |

सर्वोच्च अदालतको फैसलाले ट्रम्प झन् शक्तिशाली, जन्मसिद्ध नागरिकता अन्त्यको बाटो खुल्यो

सर्वोच्च अदालतको फैसलाले ट्रम्प झन् शक्तिशाली, जन्मसिद्ध नागरिकता अन्त्यको बाटो खुल्यो

वासिङ्टन, १४ असार । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ठूलो कानुनी जित दिलाएको छ। शुक्रबार आएको फैसलाले कार्यकारी आदेशहरूमा तल्लो अदालतहरूले लगाएको रोकलाई सीमित गर्दै ट्रम्प प्रशासनलाई जन्मसिद्ध नागरिकता अन्त्य गर्ने कार्यान्वयन गर्न अनुमति दिएको छ।

यस निर्णयले अमेरिकी भूमिमा जन्मिएका सबैलाई स्वतः नागरिकता दिने परम्परालाई अन्त्य गर्ने ट्रम्पको प्रयासलाई बल दिएको छ। तर कार्यान्वयन सजिलो नहुने देखिएको छ, किनभने धेरै राज्यहरूले बाबुआमाको नागरिकताको विवरण सङ्कलन गर्दैनन् र डेमोक्र्याट नेतृत्वमा रहेका राज्यहरूले आदेश लागू गर्न ढिलाइ गर्न सक्छन्।

न्यायाधीश एमी कोनी ब्यारेटको बहुमत फैसलामा राज्यहरूले ट्रम्पको नीति रोक्न थप कदम चाल्न सक्ने संकेत गरिएको छ। ट्रम्पले यो निर्णयलाई ‘ऐतिहासिक विजय’ र ‘ठगी रोक्ने ठूलो कदम’ भनेका छन्।

उनका कानुनी सल्लाहकार पाम बन्डीले भने, जन्मसिद्ध नागरिकता अन्त्यको विषयमा सर्वोच्च अदालतले अन्तिम निर्णय सन् २०२५ को अक्टोबरसम्म गर्ने छ।

 


Thali Mobile Pvt.Ltd.