भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

होर्मुज खुल्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

होर्मुज खुल्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौं, ५ वैशाख । इरानले ‘स्ट्रेट अफ होर्मुज’मा लगाएको अवरोध हटाएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ ।

युद्धविराम अवधिभर होर्मुज जलमार्गलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिने इरानको घोषणापछि विश्व बजारमा इन्धनको मूल्यमा उल्लेखनीय गिरावट आएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘ब्रेन्ट क्रुड आयल’को मूल्य प्रति ब्यारेल ९८ अमेरिकी डलरबाट घटेर ८८ डलरमा झरेको छ ।

इरान र अमेरिकाबीच गत अप्रिल ७ को मध्यरातमा १५ दिने युद्धविराम सम्झौता भएको थियो, जुन अप्रिल २२ सम्म कायम रहने बताइएको छ । सोही सहमतिपछि होर्मुज जलमार्ग सञ्चालनमा सहजता आएको हो ।

विश्वको करिब २० प्रतिशत इन्धन आपूर्ति हुने यो जलमार्गमा अवरोध हुँदा तेलको मूल्य आकासिएको थियो । युद्धअघि प्रति ब्यारेल करिब ७० डलर रहेको ‘ब्रेन्ट क्रुड आयल’को मूल्य बढ्दै १०० डलर पार गर्दै अधिकतम ११५ डलरसम्म पुगेको थियो ।

तेलको मूल्य उच्च भएपछि विश्वव्यापी ढुवानी क्षेत्रमा समेत दबाब परेको थियो । केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान कटौती गर्ने तयारीसमेत गरेका थिए ।

होर्मुज बन्द हुँदा मल आपूर्तिमा समेत असर परेको थियो, किनकि विश्वको करिब एक तिहाइ मल यही मार्गबाट ढुवानी हुने गर्छ ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अरघाचीले जारी गरेको विज्ञप्तिमा अप्रिल २२ सम्म जलमार्गमा कुनै अवरोध नगर्ने उल्लेख गरेका छन् । यद्यपि, इरानले मार्ग खुला गरे पनि अमेरिकाले आफ्नो नाकाबन्दी नीति भने यथावत् राख्ने संकेत दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.