भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

होर्मुज खुल्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

होर्मुज खुल्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौं, ५ वैशाख । इरानले ‘स्ट्रेट अफ होर्मुज’मा लगाएको अवरोध हटाएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ ।

युद्धविराम अवधिभर होर्मुज जलमार्गलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिने इरानको घोषणापछि विश्व बजारमा इन्धनको मूल्यमा उल्लेखनीय गिरावट आएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘ब्रेन्ट क्रुड आयल’को मूल्य प्रति ब्यारेल ९८ अमेरिकी डलरबाट घटेर ८८ डलरमा झरेको छ ।

इरान र अमेरिकाबीच गत अप्रिल ७ को मध्यरातमा १५ दिने युद्धविराम सम्झौता भएको थियो, जुन अप्रिल २२ सम्म कायम रहने बताइएको छ । सोही सहमतिपछि होर्मुज जलमार्ग सञ्चालनमा सहजता आएको हो ।

विश्वको करिब २० प्रतिशत इन्धन आपूर्ति हुने यो जलमार्गमा अवरोध हुँदा तेलको मूल्य आकासिएको थियो । युद्धअघि प्रति ब्यारेल करिब ७० डलर रहेको ‘ब्रेन्ट क्रुड आयल’को मूल्य बढ्दै १०० डलर पार गर्दै अधिकतम ११५ डलरसम्म पुगेको थियो ।

तेलको मूल्य उच्च भएपछि विश्वव्यापी ढुवानी क्षेत्रमा समेत दबाब परेको थियो । केही अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान कटौती गर्ने तयारीसमेत गरेका थिए ।

होर्मुज बन्द हुँदा मल आपूर्तिमा समेत असर परेको थियो, किनकि विश्वको करिब एक तिहाइ मल यही मार्गबाट ढुवानी हुने गर्छ ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अरघाचीले जारी गरेको विज्ञप्तिमा अप्रिल २२ सम्म जलमार्गमा कुनै अवरोध नगर्ने उल्लेख गरेका छन् । यद्यपि, इरानले मार्ग खुला गरे पनि अमेरिकाले आफ्नो नाकाबन्दी नीति भने यथावत् राख्ने संकेत दिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.