भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध उज्यालो नेपालको विरोध, सरकारसमक्ष ६ बुँदे माग पेश

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध उज्यालो नेपालको विरोध, सरकारसमक्ष ६ बुँदे माग पेश

काठमाडौं,५ वैशाख । पेट्रोलियम पदार्थमा भइरहेको निरन्तर मूल्यवृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको छोटो समयमै इन्धनको मूल्यमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाएको हो ।

विज्ञप्तिअनुसार गत मार्च २६ मा प्रतिलिटर १८७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अप्रिल १६ सम्म आइपुग्दा २१९ रुपैयाँ पुगेको छ । त्यस्तै, १६७ रुपैयाँ रहेको डिजेलको मूल्य बढेर २३७ रुपैयाँ पुगेको छ । यसरी छोटो अवधिमै पेट्रोलमा ३२ रुपैयाँ र डिजेलमा ७० रुपैयाँ वृद्धि हुँदा आम उपभोक्ता र समग्र अर्थतन्त्रमा गम्भीर असर परेको पार्टीको ठहर छ ।

पार्टीले नेपाल र भारतबीचको इन्धन मूल्य अन्तरप्रति पनि चिन्ता व्यक्त गरेको छ । भारतीय सीमावर्ती सहर रक्सौलको तुलनामा नेपालमा पेट्रोल ४८ रुपैयाँ र डिजेल ८८ रुपैयाँ महँगो रहेको उल्लेख गर्दै यस्तो असामान्य अन्तरले सीमा क्षेत्रमा चोरीपैठारी तथा अवैध कारोबार बढ्ने जोखिम रहेको बताइएको छ ।

दक्षिण एसियाका अन्य मुलुकहरूले कर समायोजन तथा अनुदानमार्फत नागरिकलाई राहत दिइरहेका बेला नेपाल सरकारले भने मूल्यवृद्धिलाई मात्र प्राथमिकता दिएको आरोप पनि पार्टीले लगाएको छ ।

उज्यालो नेपालको ६ बुँदे माग:
१. पेट्रोलियम पदार्थमा लगाइएका कर तथा भन्सार शुल्कको तत्काल पुनरावलोकन गरी मूल्य घटाइयोस् ।
२. मूल्य स्थिरीकरण कोष परिचालन गरी उपभोक्तालाई राहत प्रदान गरियोस् ।
३. नेपाल–भारत मूल्य अन्तर घटाउन विशेष संयन्त्र गठन गरियोस् ।
४. कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ नियन्त्रणका लागि कडा अनुगमन गरियोस् ।
५. विद्युतीय सवारीसाधन र विद्युतीय चुलोमा सहुलियत दिई इन्धन निर्भरता घटाइयोस् ।
६. नेपाल आयल निगमको लागत संरचना र कर प्रणालीमा पूर्ण पारदर्शिता कायम गरियोस् ।

 


Thali Mobile Pvt.Ltd.