भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रहरी रोहबरमै १० लाखमा बालक मृत्यु प्रकरण मिलापत्र

प्रहरी रोहबरमै १० लाखमा बालक मृत्यु प्रकरण मिलापत्र

जनकपुरधाम । न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको छ ।

बिहीबार बिहान १० बजे डिस्चार्ज भएका धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्स कालीकोटेको मृत्यु भएको थियो ।

उपचारमा लापरबाही भएका कारण बालकको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवारले घटनाको छानबिन गरी दोषी डाक्टरलाई कारबाही र आवश्यक क्षतिपूर्तिको माग गरेको थियो ।

तर, उक्त घटनामा धनुषा प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको छ । क्रिया खर्चवापत १० लाख रुपैयाँ दिने सर्तमा मिलापत्र भएको आफन्त वीरबहादुर रयासलीले जानकारी दिए ।

मृतक बालकका मामा सुनिल परियाका अनुसार क्षतिपूर्ति ५० लाख रुपैयाँ, उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेज र हस्पिटल सिल गर्नुपर्ने सहितको मृतक परिवारको सर्त थियो । तर १० लाख रुपैयाँ दिने सहमति भएको उनले पनि पुष्टि गरे ।

 


Thali Mobile Pvt.Ltd.