भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

इलाममा जङ्गली च्याउ खाँदा दुईको मृत्यु, एक गम्भीर

इलाममा जङ्गली च्याउ खाँदा दुईको मृत्यु, एक गम्भीर

इलाम, ११ जेष्ठ । इलाममा जङ्गली च्याउ खाँदा दुःखद घटना भएको छ। माङ्सेबुङ गाउँपालिका–५ का १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको छ भने अर्का एक जना, धनराज साङ्बाङ गम्भीर अवस्थामा छन्।

शुक्रबार जंगलबाट ल्याइएको च्याउको तरकारी खाएपछि केही घण्टामै ती व्यक्तिहरूमा वान्ता, पेट दुख्ने र टाउको दुख्ने लक्षण देखा परेकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ । उपचारका लागि अस्पताल पुर्‍याइए पनि दुई जनाको ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

नेपालमा वर्षायाम सुरु भएसँगै जंगलमा च्याउ उम्रने क्रम बढ्छ, जसको लोभमा परेर ग्रामीण बस्तीहरूमा च्याउ सङ्कलन र सेवन गर्ने परिपाटी सामान्यजस्तै बनेको छ। तर, यही परिपाटीले बारम्बार ज्यानै लिने दुर्घटनामा परिणत भइरहेको छ।

नेपालमा पाइने झन्डै १३०० प्रजातिका च्याउमध्ये करिब १०० प्रजाति विषालु भएकाे  वनस्पति तथा जडीबुटी विज्ञकाे भनाइ छ ।

विषालु च्याउ चिन्न सकिने संकेतहरू

किराले नछोएको, नमिठो गन्ध आउने, अत्यधिक झुस भएको, रंगीचंगी देखिने, भाँच्दा सेतो दूध वा चोप निस्कने, छातामा काँडा वा गिर्खा हुने, डाँठमा औँठीजस्तो घेरा हुने, फेदमा थैलो वा कटोरीजस्तो भाग हुने यस्ता च्याउ विषालु हुनसक्छन्। यस्ता लक्षण देखिएको च्याउ नखानु नै बुद्धिमानी हुने विज्ञहरूले बताएका छन् । च्याउ स्वादिलो पोषणयुक्त खाना भए पनि, नचिनिकन जङ्गली च्याउ सेवन गर्नु जोखिमपूर्ण छ।

यो केवल व्यक्तिगत स्वास्थ्यमात्र होइन, जीवनको प्रश्न पनि बन्न सक्छ । सरकार, स्वास्थ्य संस्था र स्थानीय तहहरूले जङ्गली च्याउ सेवनबारे चेतनामूलक कार्यक्रम विस्तार गर्नु अति आवश्यक देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.