भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

नेपालमै पहिलोपटक: मस्तिष्क मृत व्यक्तिबाट मृगौला र कलेजो एकै व्यक्तिमा सफल प्रत्यारोपण

नेपालमै पहिलोपटक: मस्तिष्क मृत व्यक्तिबाट मृगौला र कलेजो एकै व्यक्तिमा सफल प्रत्यारोपण

भक्तपुर, ११ जेष्ठ । नेपालको चिकित्सा क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट दान गरिएका मृगौला र कलेजो एकै बिरामीमा नेपाली चिकित्सकहरूको टोलीले सफलतापूर्वक प्रत्यारोपण गरेका छन्।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको नेतृत्वमा सम्पन्न भएको यो जटिल शल्यक्रिया केवल चिकित्सकीय दृष्टिकोणले होइन, मानवता र जीवनप्रेमको दृष्टिकोणले पनि प्रेरणादायी बनेको छ।

१८ वर्षीय युवाको अमूल्य उपहारले दुई जीवन उज्यालो

काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा मस्तिष्क मृत घोषित १८ वर्षीय युवाबाट दान गरिएका दुई मृगौलामध्ये एक मृगौला ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको छ भने अर्को मृगौला र कलेजो एकै बिरामीमा प्रत्यारोपण गरिएको हो। दुइटै बिरामीहरू स्वास्थ्यलाभ गरिरहेका छन् र निकट भविष्यमा डिस्चार्ज हुने तयारीमा छन्।

यो सर्जरी चिकित्सा विज्ञानकै जटिलतम कार्यहरूमध्ये पर्दछ, जुन विश्वमै विरलै मात्र सम्भव हुन्छ। तर नेपाली चिकित्सकहरूको समर्पण, क्षमता र तालमेलले यसलाई सम्भव बनायो।

नेपाली टोलीको उत्कृष्ट समन्वय

शल्यक्रियाको नेतृत्व डा. पुकार चन्द्र श्रेष्ठले गर्नुभयो। कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रविण महर्जनको प्रमुख भूमिका रह्यो भने मृगौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रुपेश झा, डा. हरि प्रसाद बराल, डा. रोजन अधिकारी, र डा. विकास खड्का सहभागी हुनु भयो।

एनेस्थेसिया, नेफ्रोलोजी, रेडियोलोजी, प्याथोलोजी, ट्रान्सप्लान्ट कोर्डिनेसन, नर्सिङ लगायत विभिन्न विभागको टोलीकाे समन्वय र निष्ठाले काम गरेको थियो।

सरकारको सहयोग र नयाँ आशा

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अंगदाता परिवारलाई रु २ लाख र अंगदाता अस्पताललाई रु ७५ हजारको सहयोग घोषणा गर्नुभएको छ। मस्तिष्क मृत्युपछिको अंगदानलाई प्रवर्द्धन गर्न सरकारले लिएको यो कदमले भविष्यमा अझ धेरै जीवन बचाउन मद्दत गर्ने विश्वास लिइएको छ।

सेवा विस्तारको तयारी, तर चुनौतीहरू कायम

राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सेवा विस्तार भइसकेको छ। तर, केन्द्रको आफ्नै भवन नहुनु, उपयुक्त जग्गा प्राप्तिमा ढिलाइ हुनु, र “प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान” स्थापनामा सरकारी निर्णय कार्यान्वयनमा ढिलाइ हुनुजस्ता चुनौतीहरूले सेवाको दायरा फराकिलो पार्न अवरोध पुर्‍याइरहेका छन्।

केन्द्रले ३०० देखि ५०० बेड क्षमताको अस्पताल निर्माण गर्ने योजना बनाएको छ तर भक्तपुरस्थित उपयुक्त सरकारी जग्गाहरू अझै प्राप्त हुन सकेका छैनन्। नेपालमा मस्तिष्क मृत्युपश्चात अंगदानबारे अझै पनि व्यापक जनचेतनाको खाँचो छ। विकसित देशहरूमा प्रत्यारोपण हुने ८०% अंग मस्तिष्क मृत व्यक्तिबाट प्राप्त हुने गरेका छन्। यदि नेपालमा पनि जनचेतना अभिवृद्धि गर्न सकियो भने, हजारौं बिरामीको जीवन नयाँ आशाले उज्यालो बन्न सक्नेछ।

 


Thali Mobile Pvt.Ltd.