भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित २४ वर्षदेखि न्यायको पखाईमा

शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित २४ वर्षदेखि न्यायको पखाईमा

कञ्चनपुर, ११ जेठ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष ९अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज० विस्तारका क्रममा विस्थापितहरू २४ वर्षदेखि न्यायको पर्खाइमा छन् ।

विस्थापितमध्येका एक कञ्चनपुरका हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । आरक्ष विस्तारका क्रममा २०५८ मङ्सिर १२ गते उहाँ त्यहाँबाट विस्थापित हुनुभयो ।

आरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएपछि भण्डारीले पुनःस्थापनाको पर्खाइमा झन्डै चाररपाँच वर्ष सडकमै बिताउनुभयो । २०६४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढक्का शिविरमा उहाँलगायतका ६ सय विस्थापित बसोबास गर्दै आउनुभएको छ ।

सरकारले व्यवस्थापन नगरेपछि जङ्गलको किनारमा खाली ठाउँ देखेपछि पीडितहरू त्यहाँ बसेका हुन् । आरक्ष पीडित भण्डारीले सरकारले आयोग गठन गरे पनि आफूहरूको व्यवस्थापन नभएको २४ वर्ष बितिसकेको गुनासो गर्नुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.