भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतको हिमाचलमा पहिरोमा परि ५० जनाभन्दा धेरै बेपत्ता

भारतको हिमाचलमा पहिरोमा परि ५० जनाभन्दा धेरै बेपत्ता

काठमाडौं । भारतको हिमाचल प्रदेशको रामपुर र मन्डी नजिक अति ठूलो वर्षा हुँदा ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका छन् । ‘क्लाउडबस्र्ट’ अर्थात् अचानक स्थानीय प्रकृति र छोटो अवधिको अति ठूलो वर्षाका कारण ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै शिमलाको सरपारा पञ्चायतको समेज र मन्डीको टिकन क्षेत्रमा पनि अति ठूलो वर्षा भएको खबरमा उल्लेख छ । यसैबीच हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले एनडीआरएफ, एसडीआरएफ, प्रहरीलगातयको टोली खोजी र उद्धार कार्यमा जुटेको जानकारी दिए ।

यस्तै अति ठूलो वर्षाका कारण कुल्लूको निर्मन्ड सबडिभिजनमा चार वटा मोटरेबल पुल भत्किएको छ । यो घटनालाई लिएर मुख्यमन्त्री सुक्खूले आपत्कालीन बैठक बोलाउनुभएको बीबीसी हिन्दीले जनाएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.