भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भेनेजुएलामा राष्ट्रपतिमा मादुरोको जितपछि हिंसात्मक प्रदर्शन, ११ जनाको मृत्यु

भेनेजुएलामा राष्ट्रपतिमा मादुरोको जितपछि हिंसात्मक प्रदर्शन, ११ जनाको मृत्यु

काठमाडौं । भेनेजुएलाको राष्ट्रपतिमा निकोलस मादुरो निर्वाचित भएपछि त्यहाँँ शुरु भएको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । गएको ४ दिनदेखि भइरहेको विरोध प्रदर्शनको क्रममा अहिलेसम्म ११ जनाको ज्यान गएको छ ।

विपक्षी नेताहरूले चुनावी नतिजामा धाँधली भएको आरोप लगाएपछि देशका विभिन्न भागमा नागरिकले विरोध प्रदर्शन थालेका अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

धेरै ठाउँमा आगजनीसमेत भएको छ । राजधानी काराकसमा रहेको राष्ट्रपति भवनमा प्रदर्शनका लागि ठूलो सङ्ख्यामा मानिस पुगेका छन् । प्रदर्शनकारीले राष्ट्रपति भवनभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रबरको गोली हान्नुका साथै अश्रुग्यास छरेको थियो । प्रदर्शनकारीले राष्ट्रपति मादुरोको युनाइटेड सोसलिस्ट पार्टीको कार्यालय घर्ने प्रयास गरे पनि सेनाले त्यसलाई असफल बनाएको थियो ।

भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जीत हुने भविष्यवाणी गरेका थिए । तर चुनावको नतिजा उल्टो आएपछि विपक्षीले नतिजा मान्न अस्वीकार गरेका हुन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.