भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भेनेजुएलामा राष्ट्रपतिमा मादुरोको जितपछि हिंसात्मक प्रदर्शन, ११ जनाको मृत्यु

भेनेजुएलामा राष्ट्रपतिमा मादुरोको जितपछि हिंसात्मक प्रदर्शन, ११ जनाको मृत्यु

काठमाडौं । भेनेजुएलाको राष्ट्रपतिमा निकोलस मादुरो निर्वाचित भएपछि त्यहाँँ शुरु भएको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । गएको ४ दिनदेखि भइरहेको विरोध प्रदर्शनको क्रममा अहिलेसम्म ११ जनाको ज्यान गएको छ ।

विपक्षी नेताहरूले चुनावी नतिजामा धाँधली भएको आरोप लगाएपछि देशका विभिन्न भागमा नागरिकले विरोध प्रदर्शन थालेका अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ ।

धेरै ठाउँमा आगजनीसमेत भएको छ । राजधानी काराकसमा रहेको राष्ट्रपति भवनमा प्रदर्शनका लागि ठूलो सङ्ख्यामा मानिस पुगेका छन् । प्रदर्शनकारीले राष्ट्रपति भवनभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रबरको गोली हान्नुका साथै अश्रुग्यास छरेको थियो । प्रदर्शनकारीले राष्ट्रपति मादुरोको युनाइटेड सोसलिस्ट पार्टीको कार्यालय घर्ने प्रयास गरे पनि सेनाले त्यसलाई असफल बनाएको थियो ।

भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जीत हुने भविष्यवाणी गरेका थिए । तर चुनावको नतिजा उल्टो आएपछि विपक्षीले नतिजा मान्न अस्वीकार गरेका हुन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.