भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जासुसी गरेको आरोपमा पक्राउ परका नागरिकको सजाय घटाएको भारतको दाबी

जासुसी गरेको आरोपमा पक्राउ परका नागरिकको सजाय घटाएको भारतको दाबी

एजेन्सी । कतारको अदालतले सुनाएको मृत्युदण्डको सजाय घटाएको भारतले दाबी गरेको छ । दोहामा पक्राउ परेका आफ्ना आठ जना नागरिकलाई त्यहाँको अदालतले सुनाएको मृत्यदण्डको सजाय घटाएको भारतले दाबी गरेको हो ।

पक्राउ पर्नेहरूलाई इजरायलका लागि जासुसी गरेको आरोपमा कतारको अदालतले गएको अक्टोबरमा मृत्युदण्डको सजाय सुनाएको थियो । लगत्तै भारतले आफू स्तब्ध भएको प्रतिक्रिया जनाएको थियो । कतारले यो विषयमा कुनै टिप्पणी गरेको छैन र आरोपहरू सार्वजनिक भएको छैन । भारतले मुद्दाको गोपनीयता र संवेदनशीलताका कारण थप टिप्पणी गर्नु उचित नरहेको जनाएको छ ।
पक्राउ पर्नेहरू कतारको अल दहरा कम्पनीमा सन् २०२२ को अक्टोबरदेखि कार्यरत थिए ।

जासुसी गरेको आरोपमा गएको अगस्टमा आठ जना भारतीय पक्राउ परेका थिए । उनीहरू सबै भारतका पूर्वनौसैनिक अधिकारी हुन् । भारतको विदेश मन्त्रालयले उनीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय घटाएको जनाए पनि थप विवरण र अवस्था उल्लेख नगरेको बीबीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.