भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

जासुसी गरेको आरोपमा पक्राउ परका नागरिकको सजाय घटाएको भारतको दाबी

जासुसी गरेको आरोपमा पक्राउ परका नागरिकको सजाय घटाएको भारतको दाबी

एजेन्सी । कतारको अदालतले सुनाएको मृत्युदण्डको सजाय घटाएको भारतले दाबी गरेको छ । दोहामा पक्राउ परेका आफ्ना आठ जना नागरिकलाई त्यहाँको अदालतले सुनाएको मृत्यदण्डको सजाय घटाएको भारतले दाबी गरेको हो ।

पक्राउ पर्नेहरूलाई इजरायलका लागि जासुसी गरेको आरोपमा कतारको अदालतले गएको अक्टोबरमा मृत्युदण्डको सजाय सुनाएको थियो । लगत्तै भारतले आफू स्तब्ध भएको प्रतिक्रिया जनाएको थियो । कतारले यो विषयमा कुनै टिप्पणी गरेको छैन र आरोपहरू सार्वजनिक भएको छैन । भारतले मुद्दाको गोपनीयता र संवेदनशीलताका कारण थप टिप्पणी गर्नु उचित नरहेको जनाएको छ ।
पक्राउ पर्नेहरू कतारको अल दहरा कम्पनीमा सन् २०२२ को अक्टोबरदेखि कार्यरत थिए ।

जासुसी गरेको आरोपमा गएको अगस्टमा आठ जना भारतीय पक्राउ परेका थिए । उनीहरू सबै भारतका पूर्वनौसैनिक अधिकारी हुन् । भारतको विदेश मन्त्रालयले उनीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय घटाएको जनाए पनि थप विवरण र अवस्था उल्लेख नगरेको बीबीसीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.