भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

जम्मू–काश्मीरमा पर्यटकमाथि आक्रमण : ६ जनाविरुद्ध अभियोग, पाकिस्तानमाथि भारतको आरोप

जम्मू–काश्मीरमा पर्यटकमाथि आक्रमण : ६ जनाविरुद्ध अभियोग, पाकिस्तानमाथि भारतको आरोप

एजेन्सी, १ पुष। भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले भारत प्रशासित जम्मू–काश्मीरमा पर्यटकहरूलाई लक्षित गरी गरिएको घातक आक्रमणमा संलग्न भएको आरोपमा छ जना व्यक्तिविरुद्ध अभियोग दर्ता गरेको छ।

आक्रमणका लागि पाकिस्तानलाई जिम्मेवार ठहर गरिएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। अभियोग लगाइएकामध्ये तीन जनाको मृत्यु भइसकेको छ भने दुई जना हाल भारतीय सुरक्षाकर्मीको हिरासतमा रहेका छन्।

गएको अप्रिल महिनामा काश्मीरको प्रसिद्ध पर्यटकीय क्षेत्र पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश पर्यटकहरू रहेका थिए।

उक्त घटनापछि भारत र पाकिस्तानबीच तनाव चुलिँदै गएको थियो र छोटो अवधिको तर तीव्र द्वन्द्वको अवस्था सिर्जना भएको थियो। भारतले उक्त आक्रमणलाई पाकिस्तानको समर्थनमा गरिएको आतङ्कवादी आक्रमणका रूपमा व्याख्या गरेको छ।

तर पाकिस्तानले भने भारतको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै आएको छ। प्रारम्भमा ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) नामक समूहले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेको भए पनि पछि घटनालाई लिएर थप अनुसन्धान जारी रहेको भारतीय अधिकारीहरूले बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.