भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेपालका शीर्ष नेताहरुलाई भारतीय विदेशमन्त्री जयशंकरको ललिपप,भारतले दिने सहयोग खर्च गर्न नसकेको गुनासो

नेपालका शीर्ष नेताहरुलाई भारतीय विदेशमन्त्री जयशंकरको ललिपप,भारतले दिने सहयोग खर्च गर्न नसकेको गुनासो

काठमाडौँ । द्वारिका होटलमा भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न नेपालका शीर्ष नेताहरु पुगेका छन् । विदेशमन्त्री जयशंकरसँग नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एस)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल द्वारिका होटल पुगेका हुन । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनका लागि बिहीबार नेपाल आएका मन्त्री जयशंकरसंग नेताहरुले छुट्टा छुट्टै भेटघाट गरे ।

विदेशमन्त्री जयशंकरले सबै नेताहरुलाई राजनीतिसँगै देश विकासमा जोड दिन सुझाव दिएका छन् । ठूला दलका नेताहरुसँग एक्लाएक्लै भेटेका उनले अब देशको विकासमा ध्यान दिन सुझाव दिएका छन् । देशको विकासमा ध्यान दिए जनताको आक्रोश आफै बन्द हुने धारणा मन्त्री जयशंकरले राखे छन् ।

मन्त्री जयशंकरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदाहरण दिँदै देश निर्माणमा ध्यान दिएको कुरा स्मरण गराएका थिए । नेपालमा जलस्रोत र पर्यटनको सम्भावना धेरै भएको बताउँदै उनले जुन गतिमा काम हुनुपर्ने त्यो गतिमा काम नभएको प्रति गुनासो गरेको स्रोतले बताएको छ ।

मधेश केन्द्रित दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा।सिके राउत पनि मन्त्री जयशंकरलाई भेट्न द्वारिका होटल पुगेका थिए । मधेसवादी दलका नेताहरुले भने मन्त्री जयशंकरलाई एकसाथ भेटेका छन् ।

संविधान निर्माण भएको यतिका वर्ष बितिसक्दा पनि ऐन कानुन बन्न नसकेको भन्दै उनले नेपालका हरेक कुरामा राजनीति चलखेल हुने गरेको भन्दै गुनासो गरेका छन् । जयशंकरले मधेश केन्द्रीत दलका नेता उपेन्द्र यादव, महन्थ ठाकुर र सिके राउतलाई संगठित भएर मधेशको विकासमा जोड दिन सुझाव दिएको श्रोतले बताएको छ।

मन्त्री जयशंकरले शीर्ष नेताहरुसँग भारतले दिने सहयोग पनि खर्च गर्न नसकेको भन्दै गुनासो गरेका थिए । नेपालको विकास निर्माणमा भारतले निकै र महत्वपूर्ण सहयोग गर्न चाहेको बताउँदै उनले त्यसका लागि नेतृत्वकर्ता तयार हुनुपर्ने कुरा राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.