भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

मन्त्रिपरिषद् बैठकले नेपाल पर्वतारोहण संघलाई २७ हिमालको व्यवस्थापन गर्ने जिम्मा दियो

मन्त्रिपरिषद् बैठकले नेपाल पर्वतारोहण संघलाई २७ हिमालको व्यवस्थापन गर्ने जिम्मा दियो

काठमाडौं । नेपाल पर्वतारोहण संघको अधिकार नवीकरण भएको छ । सरकारले २७ वटा हिमालको व्यवस्थापन गरिरहेको संघको अधिकार नवीकरण गरेको हो । ५ वर्षको लागि हुने यो नवीकरणको मन्त्रिपरिषद् बैठकले नेपाल पर्वतारोहण संघलाई नै दिने गरी अधिकार नवीकरण गरेको हो ।

संघले अग्ला हिमालहरु चढ्नु अघि तालिमका रुपमा प्रयोग गर्न सकिने सानो उचाइका हिमालहरुलाई व्यवस्थापन गर्दै आइरहेको छ । संघले सरकारसँग थप हिमाल समेत व्यवस्थापनमा दिन माग गर्दै आएको छ।

यसअघि २०७५ सालमा सरकारले २७ वटा हिमालको व्यवस्थापनको अधिकार संघलाई दिएको थियो । चुली इस्ट (६५८४ मि), हिउँचुली (६४३४ मि), मेरापिक (६४७० (मि), लोबुजे (६०९० मि)  लगायतका हिमाल प्रवर्द्धनसँगै रोयल्टी संकलनको काम समेत अहिले संघले गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.