भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना | तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन |

इण्डोनेसियामा इबु ज्वालामुखी फेरि बिष्फोट

इण्डोनेसियामा इबु ज्वालामुखी फेरि बिष्फोट

काठमाडौं । इण्डोनेसियाको हलमाहेरा टापुमा रहेको इबु ज्वालामुखी फेरि बिष्फोट भएको छ। ज्वालामुखीबाट निस्किएको खरानी शिखरभन्दा १ हजार मिटरसम्म उचाइमा पुगेको थियो।

बिष्फोट दुई मिनेटभन्दा बढी समयसम्म भएको थियो। विष्फोटले बाक्लो, खैरो खरानी र कालो बादलहरू उत्तरपश्चिममा उत्सर्जन गरेको छ। यो एक हप्ताभित्र ज्वालामुखीको पाँचौँ बिष्फोट हो। ज्वालामुखीबाट चार किलोमिटर र क्रेटरको उत्तरमा सात किलोमिटर फैलिएको खतरा क्षेत्रबाट बाहिर रहन सल्लाहसहित गतिविधिमा उल्लेख्य वृद्धि भएकोले मे १६ देखि, इबु उच्च सतर्कता स्तरमा रहेको छ। प्यासिफिक रिङ अफ फायरमा अवस्थित इण्डोनेसियामा विश्वका धेरै ज्वालामुखीहरू छन्। एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.