भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

भ्यान र ट्रयाक्टर ट्रली ठोक्किँदा ६ जनाको मृत्यु

भ्यान र ट्रयाक्टर ट्रली ठोक्किँदा ६ जनाको मृत्यु

एजेन्सी । बिहीबार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा भ्यान र ट्रयाक्टर ट्रली ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । प्रहरीले ट्याक्टर ट्रलीका मालिकविरुद्ध आपराधिक लापरवाही गरेको आरोपमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।

जिल्लाको दुनियापुर क्षेत्रमा बिहेका जन्ती बोकेको भ्यान सडक छेउमा पार्किङ गरी राखिएको ट्याक्टर ट्रलीमा ठोक्किदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना ३ महिला, २ पुरुष र १ बालकको मृत्यु बएको छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.