भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा

अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा

काठमाडौं । इजरायली सेनाले वेस्ट ब्यांकमा रहेको कतारको समाचार च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ । वेस्ट ब्यांक प्यालेस्टाइनको क्षेत्र भए पनि इजरायलले कब्जा गरेको छ । अल जजिराको कार्यालयमा आज बिहान अत्याधुनिक हतियारसहितका सेना पुगेर ४५ दिनका लागि कार्यालय बन्द गर्न आदेश दिएका छन् ।

बिहान सेनाहरु कार्यालयमा पुग्दा अलजजिराको प्रत्यक्ष प्रसारण चलिरहेको थियो । इजरायली सैनिकहरूले अल जजिराको वेस्ट ब्यांक ब्यूरो प्रमुख वलीद अल–ओमरीलाई कार्यालय बन्द गर्ने आदेश दिएका थिए । उनीहरुको आदेश पनि प्रत्यक्ष प्रसारण भएको छ ।

ब्यूरो प्रमुख वलीद अल–ओमरी इजरायली सरकारले सत्य मेटाउन र मानिसहरुलाई सत्य सूचनाको पहुँचबाट रोक्न कार्यालयमा सेना पठाएर प्रसारण बन्द गर्न आदेश दिएको बताएका छन् ।

गएको अप्रिलमा इजरायलको संसद्ले एउटा कानून पारित गरेको छ, जसमा सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी समाचार प्रसारकहरूलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिइएको छ ।

यसअघि मे महिनाको शुरुमा नासरत र पूर्वी जेरुसेलममा पनि इजरायली सेनाले अल जजिराको कार्यालयमा छापा मारेको थियो । आज वेस्ट ब्यांकको कार्यालयमा छापा मारेको विषयमा इजरायलले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.