भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा

अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा

काठमाडौं । इजरायली सेनाले वेस्ट ब्यांकमा रहेको कतारको समाचार च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ । वेस्ट ब्यांक प्यालेस्टाइनको क्षेत्र भए पनि इजरायलले कब्जा गरेको छ । अल जजिराको कार्यालयमा आज बिहान अत्याधुनिक हतियारसहितका सेना पुगेर ४५ दिनका लागि कार्यालय बन्द गर्न आदेश दिएका छन् ।

बिहान सेनाहरु कार्यालयमा पुग्दा अलजजिराको प्रत्यक्ष प्रसारण चलिरहेको थियो । इजरायली सैनिकहरूले अल जजिराको वेस्ट ब्यांक ब्यूरो प्रमुख वलीद अल–ओमरीलाई कार्यालय बन्द गर्ने आदेश दिएका थिए । उनीहरुको आदेश पनि प्रत्यक्ष प्रसारण भएको छ ।

ब्यूरो प्रमुख वलीद अल–ओमरी इजरायली सरकारले सत्य मेटाउन र मानिसहरुलाई सत्य सूचनाको पहुँचबाट रोक्न कार्यालयमा सेना पठाएर प्रसारण बन्द गर्न आदेश दिएको बताएका छन् ।

गएको अप्रिलमा इजरायलको संसद्ले एउटा कानून पारित गरेको छ, जसमा सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी समाचार प्रसारकहरूलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिइएको छ ।

यसअघि मे महिनाको शुरुमा नासरत र पूर्वी जेरुसेलममा पनि इजरायली सेनाले अल जजिराको कार्यालयमा छापा मारेको थियो । आज वेस्ट ब्यांकको कार्यालयमा छापा मारेको विषयमा इजरायलले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.