भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास जारी

इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास जारी

एजेन्सी । कतारले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेको जनाएको छ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले युद्धविराका लागि प्रयास भइरहेको बताएका हुन ।

यसअघि कतारकै प्रयासमा इजरायल र हमासबीच सात दिनको अस्थायी युद्धविराम भएको थियो । गएको अक्टोबरमा प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण थालेपछि इजरायलले पनि आक्रमण गरिरहेको छ ।

गाजा क्षेत्रमा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थताको प्रयास जारी रहेको थानीको भनाई छ । तर, लगातारको बमबारीको घटनाले जटिलता ल्याएको उनको तर्क छ ।

 


Thali Mobile Pvt.Ltd.