भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता |

इजरायलले ३० वर्षभन्दा कम उमेरकालाई लक्षित गरेर आक्रमण गरेको प्यालेस्टाइनको आरोप

इजरायलले ३० वर्षभन्दा कम उमेरकालाई लक्षित गरेर आक्रमण गरेको प्यालेस्टाइनको आरोप

काठमाडौं । इजरायलको गाजा पट्टीमा गएको अक्टोबर ७ देखि चलिरहेको युद्धका कारण अहिलेसम्म १ दशमलव ८ प्रतिशत जनसङ्ख्या मारिएका प्यालेस्टिनको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ ।

मारिनेमा सबैभन्दा धेरै ३० वर्षभन्दा कम उमेरका मानिसहरू रहेका प्यालेस्टिनीको आरोप छ । इजरायली सेनाको आक्रमणमा मारिएकामध्ये ७५ प्रतिशत ३० वर्षभन्दा कम उमेरका रहेका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।

यसैबीच विद्रोही समूह हमासले अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेअनुसार थप वार्ताका लागि युद्धविराम योजना कार्यान्वयन गर्न अमेरिका, कतार र इजिप्टलाई आह्वान गरेको छ ।

गाजाविरुद्धको इजरायल युद्धमा कम्तीमा ३९ हजार ७ सय ९० जनाको ज्यान गएको छ भने ९२ हजार २ जना घाइते भएका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.