भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, ९ घाइते

मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । भारतको एक मन्दिरमा भागदौड मच्चिदा सात जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । बिहार जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा उक्त दुःखद् घटना भएको हो ।

बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बताए । शवहरू पोस्टमार्टमका लागि पठाइएको जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले बताए ।

घटना प्रति दुखः व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखदः घटना घट्न पुगेको उनको भनाइ छ । घटनाका बारे थप अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.